एक्टिभिजन ब्लिजार्ड तथा एपिक गेम्सद्वारा रुसमा गेम बिक्री रोक

  • Technology Khabar | २२ फाल्गुन २०७८, आईतवार
एक्टिभिजन ब्लिजार्ड तथा एपिक गेम्सद्वारा रुसमा गेम बिक्री रोक

काठमाडौं ।

एक्टिभिजन ब्लिजार्ड तथा एपिक गेम्सले रुसमा आफ्ना गेमहरु बिक्री गर्न बन्द गरेका छन्।

एक्टिभजिनका अध्यक्ष डेनियल एलेग्रेले एक खुला पत्रमार्फत् रुसमा गेम तथा गेमभित्रका बिक्री बन्द गरेको द भर्जले जनाएको छ।

यो निर्णयले रुसी नागरिकलाई गेम तथा इन-गेम पर्चेजमार्फत् कम्पनीसँग हुने कारोबारमा रोक लगाउने बुझिएको छ।

उक्त पत्रमा यो प्रतिबन्ध डिजिटल तथा भोतिक दुवै गेमका लागि लागू हुने वा एउटाका लागि मात्र भन्ने प्रस्ट छैन।

तर यसमा कम्पनी तथा कर्मचारीले यूक्रेनका लागि गरेको केही योगदानका तथा युद्धबाट पीडित कामदारका लागि स्रोतसाधनको व्यवस्था गरेको बारेमा उल्लेख गरिएको छ।

एक्टिभिजन ब्लिजार्डले रुस तथा बेलारुसमा आफ्ना नयाँ उत्पादन बेच्न बन्द गरेको हो। यसमा एक्सबक्स गेममात्र नभई विन्डोज, अफिस, माइक्रोसफ्ट ३६५ लगायतसँग सम्बन्धित उत्पादनहरु पनि रहेको द भर्जले उल्लेख गरेको छ।

यस्तै ईए गेम्सले फिफा तथा एनएचएलबाट रुसी टोललाई हटाएको छ भने एपिक गेम्सले पनि यूक्रेनमाथि हमला गरेका कारण आफ्ना उत्पादनको कारोबारमा रोक लगाएको जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...