हुम्लाको लिमी तीन दिनदेखि सञ्चार सम्पर्क बिहीन

  • Technology Khabar | २१ फाल्गुन २०७८, शनिबार
हुम्लाको लिमी तीन दिनदेखि सञ्चार सम्पर्क बिहीन
सांकेतिक तस्बिर

काठमाडौं ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ हिमालपारीको गाउँ लिमी तीन दिनयता सञ्चार सम्पर्क बिहीन भएको छ। लिमीमा सम्पर्क गर्ने माध्यम नेपाल टेलिकमको फोन र वर्ल्डलिंकको इन्टरनेट सेवा अबरुद्ध भएपछि सम्पर्क टुटेको हो।

नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार तीन दिनदेखि वडा अध्यक्ष पाल्जोर तामाङसँग सम्पर्क हुन सकेको छैन।

कार्यालयको काम धेरै पटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुनै छोडेको उनले बताए। लिमीका तीन मध्ये दुई गाउँमा नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवा थियो। उनले हाल सो सेवा अवरुद्ध भएपछि सम्पर्क टुटेको बताए।

लिमीका बारेमा जानकारी लिने अन्य कुनै विकल्प छैन। लिमी प्रवेश गर्ने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेका कारण पैदल मार्गबाट लिमी जान सम्भव छैन। गत मंसिर महिनाबाट लिमीबाट आउजाउ बन्द भएको छ। गोरखापत्रबाट

प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार