
काठमाडौं ।
जापानको पानासोनिक कर्पले टेस्ला इंकका लागि नयाँ प्रकारको इलेक्ट्रिक भेहिकल (ईभी) ब्याट्री बनाउन मेगा-फ्याक्ट्रीका लागि संयुक्त राज्य अमेरिकामा जग्गा खरिद गर्न खोजिरहेको छ।
पानासोनिकले टेक्सास नजिकैको ओक्लाहोमा वा कन्सासमा, जहाँ टेस्लाले नयाँ ईभी प्लान्ट तयार गरिरहेको छ, त्यहाँ धेरै बिलियन डलरको लागतमा कारखाना निर्माण गर्न खोजिरहेको जापानको सार्वजनिक प्रसारक एचएचकेले सो बारेमा शुक्रबार रिपोर्ट गरेको छ।
तर रिपोर्टमा पानासोनिकको अमेरिकी परियोजनाको लागि कुनै समयरेखा दिएको छैन। पानासोनिकले रिपोर्ट गरिएको योजना घोषणा गरेको विषय नभएको बताएको छ।
टेस्लाको लागि लामो समयको आपूर्तिकर्ता, पानासोनिकले वाकायामाको पश्चिमी जापानी प्लान्टमा दुई नयाँ उत्पादन लाइनहरू सहित मार्च २०२४ को अन्त्य अघि टेस्लाको लागि नयाँ प्रकारको लिथियम-आयन ब्याट्री ठूलो मात्रामा उत्पादन सुरु गर्ने योजना बनाएको रोयटर्सेले उल्लेख गरेको छ।
नयाँ ब्याट्री हाल टेस्लालाई आपूर्ति गरिएको भन्दा करिब पाँच गुणा ठूलो हुने बताईएको छ, जसको अर्थ अमेरिकी कार निर्माताले उत्पादन लागत घटाउन र सवारीको दायरा सुधार गर्न सक्षम हुनेछ।
प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार