डा. पवन मुञ्जलद्वारा ईलेक्ट्रिक मोबिलिटीको नयाँ ब्राण्ड भीदा बजारमा आउने घोषणा

  • Technology Khabar | २० फाल्गुन २०७८, शुक्रबार
डा. पवन मुञ्जलद्वारा ईलेक्ट्रिक मोबिलिटीको नयाँ ब्राण्ड भीदा बजारमा आउने घोषणा

काठमाडौं ।

मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो लक्ष्यको लागि अथक प्रयासलाई निरन्तरता दिँदै आगामी विद्युतीय सवारी साधनहरू (ईभी) लगायत यसको आउँदो मोबिलिटी समाधानहरूको लागि हिरोद्वारा एकदमै नयाँ पहिचान बनाउन भीदा (VIDA), अनावरण गरेको छ।

बिहीबार साँझ दुबईको एक्सक्लुसिभ क्लेरेन्स आइल्याण्डमा आयोजित एक पृथक प्रकारको कार्बन न्यूट्रल कार्यक्रममा हिरोद्वारा पावर्ड भीदालाई प्रस्तुत गर्दै, हिरो मोटोकर्पका अध्यक्ष र सीईओ डा. पवन मुञ्जालले पनि १०० मिलियन अमेरिकी डलरको ग्लोबल सस्टेनेबिलिटी फण्डको घोषणा गर्नु भएको थियो।

कोषले बीएमएल मुञ्जल विश्वविद्यालय र हिरो मोटोकर्पको नेतृत्वमा पृथ्वीमा सकारात्मक प्रभाव पार्ने ईएसजी सोलुशनसमा १०,००० भन्दा बढी उद्यमीहरूलाई बढावा दिने उद्देश्यले विश्वव्यापी साझेदारी स्थापना गर्ने लक्ष्य राख्नेछ।

दिगोपनमा ध्यान केन्द्रित भएर भावी पुस्ताहरूका लागि अर्थपूर्ण संसारको रचना गर्ने लक्ष्यका साथ, डा. मुञ्जालले कार्यक्रममा आफ्नो लक्ष्यलाई जीवनमा ल्याउनका लागि केन्द्रित कार्य–बिन्दुहरू उल्लेख गरे।

हिरोद्वारा पावर्ड भीदाको नयाँ ब्रान्डको लोगो र ‘सनराइज’ भिजुअल पहिचान अनावरण गर्दै डा. पवन मुञ्जालले भने, ‘भीदाको अर्थ जीवन हो, र ब्राण्डको एकमात्र उद्देश्य संसारमा सकारात्मक प्रभाव पार्नु र हामी सबैलाई अर्थपूर्ण दिशामा अगाडि बढाउनु हो। हामीलाई विश्वास छ कि हामीले हाम्रा सन्तती र अगामी पुस्ताको लागि जे निर्माण गरिरहेका छौं, त्यसका लागि यो नाम ज्यादै उपयुक्त छ। यो वास्तवमै केहि विशेष कुराको सुरुवात हो। संसारलाई अझ राम्रो स्थान बनाउनको लागि आजबाट मात्र १७ हप्तामा हामी हाम्रो भीदा प्लेटफर्म, उत्पादन र सेवाहरू अनावरण गर्नेछौं।’

भविष्यका लागि तयार रणनीतिको केन्द्रीय स्तम्भको रूपमा, विश्वभर गतिशीलता परिवर्तनको नेतृत्व गर्न डा. मुञ्जालले नयाँ ब्रान्डको अनावरण गरेका छन् । हिरोद्वारा पावर्ड भीदा, त्यो ब्राण्ड हुनेछ जस अन्तर्गत हिरो मोटोकर्पले विकासशील गतिशीलता समाधानका लागि पहलहरू प्रस्तुत गर्नेछ। जसमध्येको पहिलो विद्युतीय सवारी साधन आधिकारिक रूपमा जुलाई १, २०२२ मा अनावरण गरिने बताईएको छ।

नयाँ भीदा मोडलको उत्पादन भारतको चित्तूरमा रहेको हिरो मोटोकर्पको ‘ग्रीन’ उत्पादन केन्द्रमा हुनेछ । सन् २०२२ को अन्तिम तिर ग्राहकहरूलाई बेच्न/प्रदान गर्न सुरु हुनेछ।

प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार