
काठमाडौं ।
रिलायन्स इन्डस्ट्रीज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी रिलायंस स्ट्राटेजिक बिजनेस भेन्चर्स लिमिटेड र सनमिना कर्पोरेशनले भारतमा इलेक्ट्रोनिक्स हब निर्माण गर्न संयुक्त उद्यम स्थापना गर्ने घोषणा गरेका छन्।
भारतीय कम्पनी रिलायन्सले सनमिना को अवस्थित भारतीय इकाईमा १,६७० करोड भारतीय रुपैयाँ लगानी गर्नेछ र रिलायन्सको संयुक्त लगानीमा ५०.१ प्रतिशत सेयर हुनेछ। जबकि व्यवस्थापनको जिम्मा सनमिनाको वर्तमान टोलीको हातमा रहने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
संयुक्त उद्यमले भारतमा ५जी, क्लाउड इन्फ्रास्ट्रक्चर, हाइपरस्केल डाटासेन्टर जस्ता सञ्चार नेटवर्किङलाई प्राथमिकता दिनेछ। यसले स्वास्थ्य प्रणाली, औद्योगिक र रक्षा र एयरोस्पेस जस्ता उद्योगहरूको लागि उच्च प्रविधि हार्डवेयर पनि निर्माण गर्नेछ।
रिपोर्टकाअनुसार कम्पनीले यसलाई भारतको ‘मेक इन इन्डिया’ भिजनसँग मेल खाएको बताएको छ । ज्वाइन्ट भेन्चरले भारतमा उत्पादन विकास र हार्डवेयर स्टार्ट अपहरूको इको-सिस्टमलाई प्रवर्द्धन गर्ने अत्याधुनिक ‘उत्कृष्ट उत्पादन प्रविधि केन्द्र’ सिर्जना गर्नुका साथै सनमिनाका विद्यमान ग्राहकहरूलाई पहिले जस्तै सेवा प्रदान गर्न जारी राख्नेछ।
रिलायंसको ५०.१ प्रतिशत र सनमिनाको ४९.९ प्रतिशत
रिलायंसले संयुक्त उद्यम इकाईमा ५०.१ प्रतिशत इक्विटी स्वामित्व राख्नेछ, जबकि बाँकी ४९.९ प्रतिशत सनमीनाको स्वामित्वमा हुनेछ।
रिपोर्टकाअनुसार रिलायंसले यो स्वामित्व मुख्यतया सनमीनाको अवस्थित भारतीय शाखामा नयाँ शेयरहरूमा रु १,६७० करोड भारुसम्मको लगानी मार्फत प्राप्त गर्नेछ। यो लगानीले सन्मिनालाई आफ्नो व्यवसाय बढाउन मद्दत गर्नेछ। सबै निर्माण सुरुमा चेन्नईको सनमीनाको १०० एकड क्याम्पसमा हुनेछ र त्यसलाई भविष्यमा विस्तार गर्न सकिनेछ।
प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार