स्टार्टअपलाई पूँजीबजारमा प्रवेश गर्ने वातावरण बनाउन अर्थमन्त्रीको निर्देशन

  • Technology Khabar | १८ फाल्गुन २०७८, बुधबार

काठमाडौं ।

अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिँदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ।

अर्थ मन्त्रालयले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।

बिहिबार अध्यक्ष हमाल र सिइओ कार्कीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका सुधारका लागि दुवै निकायलाई विभिन्न ११ बुँदे निर्देशन दिएका हुन् ।

अर्थमन्त्रीले स्टार्टअपहरुलाई समेत पूँजीबजारमा प्रवेश गर्ने वातावरण तयार पार्न भनेका छ्न। उनले निर्देशन दिँदै लगानीकर्ता समान स्तरका नहुने हुँदा साना कम्पनी, स्टार्टअप कम्पनीहरूलाई पनि पुँजीबजारमा प्रवेश गर्ने बाटो खुल्ला हुनुपर्ने बताए।

“विशेषगरी एसएमई तथा ओटिसी बजारको विकास गरी भेन्चर क्यापिटलसमेतको आधारमा साना कम्पनीहरूको लागी आवश्यक बजारको विकास गर्नुपर्छ,” उनको भनाई छ।

त्यसैगरी अटोमेसन अक्सन शुरु गर्ने, टिएमएस भित्रिएको र यसले केही सहजता ल्याएपनि अझै प्रयोगकर्तामैत्री छैन भन्ने गुनासोलाई समाधान गर्नेलगायतका अन्य निर्देशन छन् ।

प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार