यूरोपको मार्स रोभर २०२२ मा प्रक्षेपण हुनेमा आशंका

  • Technology Khabar | १८ फाल्गुन २०७८, बुधबार
यूरोपको मार्स रोभर २०२२ मा प्रक्षेपण हुनेमा आशंका

काठमाडौं ।

बेलायतले बनाएको रोजालिन्ड फ्र्यांकलिन नामको मार्स रोभर सन् २०२२ मा प्रक्षेपण हुनेमा शंका उत्पन्न भएको छ।

यूरोपियन स्पेस एजेन्सीले उक्त परियोजना यूक्रेनमा जारी युद्धका कारण बिग्रिएको कूटनीतिक सम्बन्धका कारण हाल जोखिममा रहेको बताएको छ।

यो रोबोट रुससँगको साझेदारीमा बनिरहेको हो।

यो रोबोट आगामी सेप्टेमबरमा रुसी रकेटमा पठाइने र रुसी हार्डवेयर प्रयोग गरी ८ महिनापछि अवतरण गर्ने तय भएको छ तर यो सबै पूरा हुनेछ भन्ने एजेन्सीले विश्वास दिलाउन सकेको छैन।

यूरोपियन अन्तरिक्ष एजेन्सीले सोमबार एउटा विज्ञप्तिमा ‘रुसमाथिको प्रतिबन्ध’ ले रोजालिन्ड फ्र्यांकलिनमाथि निकै ठूलो प्रश्न उठाएको उल्लेख गरेको छ।

यसको नाम डीएनएको संरचना पत्ता लगाउने बेलायती वैज्ञानिकको नामबाट राखिएको बीबीसीले जनाएको छ।

‘हामी यूक्रेनमा भइरहेको युद्ध तथा यसको परिणामस्वरुप भइरहेको मानवीय क्षति र पीडादायी दुष्परिणामहरुको भर्त्सना गर्दछाैं’, एजेन्सीले भनेको छ।

प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Communications Minister Timilsina assumes office, emphasizes on team work

  • Technology Khabar
  • १८ फाल्गुन २०७८, बुधबार