सामुदायिक विद्यालय र संस्थामा निःशुल्क इन्टरनेट

  • Technology Khabar | १७ फाल्गुन २०७८, मंगलवार
सामुदायिक विद्यालय र संस्थामा निःशुल्क इन्टरनेट

काठमाडौं ।

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालय र सामुदायिक संस्थामा निःशुल्क इन्टरनेट सेवा सुरु भएको छ।

गाउँपालिकाले पालिकामा रहेका ७९ वटा सामुदायिक विद्यालय र ३४ वटा सामुदायिक संस्थामा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरण खाँडादेवी गाउँपालिका र युरोनेटको संयुक्त सम्झौताअनुसार बागमती प्रदेश सभा सदस्य शान्तिप्रसाद पौडेलले सेवाको सुरुवात गरेका हुन्।

सरकारी कार्यालयमार्फत प्रवाह गरिने सेवालाई छिटो र विद्युतीय माध्यममार्फत प्रदान गर्ने गरी इन्टरनेट सेवाको विस्तार गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए।

“निःशुल्क गरिएको इन्टरनेट सेवाले सामुदायिक विद्यालय र संस्थाको सेवा प्रवाहमा सुधार हुने विश्वास लिएका छौँ,” गाउँपालिका अध्यक्ष तामाङले भने। गोरखापत्रबाट

प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार