युक्रेन संकटले मोबाइल वर्ल्ड कंग्रेस रद्द वा स्थगित नहुने

  • Technology Khabar | १४ फाल्गुन २०७८, शनिबार
युक्रेन संकटले मोबाइल वर्ल्ड कंग्रेस रद्द वा स्थगित नहुने

काठमाडौं ।

युक्रेनमा रूसको आक्रमणलाई लिएर बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लूसी) रद्द गर्ने वा स्थगित गर्ने कुनै योजना नभएको कार्यक्रम आयोजक जीएसएमएले जनाएको छ।

रोयटर्सले रिपोर्ट गरेअनुसार आर्थिक प्रतिबन्धका कारण फेब्रुअरी २८ देखि मार्च ३ को बीचमा हुने कार्यक्रममा केही रुसी कम्पनीहरूले भाग लिन सक्ने छैनन् । आयोजक जीएसएमएका सीईओ जोन होफम्यानले एक अन्तर्वार्तामा कुन कम्पनीहरू प्रभावित हुनेछन् भन्ने स्पष्ट नभएको बताएका छन।

शुक्रबार एक विज्ञप्तिमा, आयोजक जीएसएमएले युक्रेनमा रूसको आक्रमणको निन्दा गरेको थियो।

आयोजक जीएसएमले टेलिकम उद्योगको सबैभन्दा ठूलो वार्षिक भेलामा कुनै रूसी प्याभिलियन नहुने बताएको थियो।

प्रकाशित: १४ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार