पेटेन्ट विवादका कारण जर्मनी बाहिरबाट अधिकांश स्मार्टफोन फिर्ता लिन बाध्य एचएमडी

  • Technology Khabar | १४ फाल्गुन २०७८, शनिबार
पेटेन्ट विवादका कारण जर्मनी बाहिरबाट अधिकांश स्मार्टफोन फिर्ता लिन बाध्य एचएमडी

काठमाडौं ।

एचएमडी ग्लोबल जर्मनीबाहिरबाट आफ्ना अधिकांश स्मार्टफोन फिर्ता लिन बाध्य भएको छ।

विशेषगरी जर्मनी तथा स्विजरल्याण्ड बाहिरका बजारमा रहेका नोकियाका अधिकांश फोन फिर्ता लिन बाध्य भएको जीएसएमएरिनाले जनाएको छ।

फिर्ता लिने सूचीमा हालै सार्वजनिक भएका नोकिया जी२१ तथा जी११ फोन भने परेका छैनन्।

भीओएलटीई तथा त्यसमा आधारित एन्हान्स्ड भ्वाइस सर्भिस स्ट्याण्डर्ड सम्बन्धी पेटेन्ट उल्लङ्घन भएको भन्दै एचएमडी ग्लोबलमाथि भ्वाइसएजईभीएस एलएलसी (भीएईभीएस) ले उजुरी गरेको थियो।

भीएईभीएसले उजुरीमा गत डिसेम्बरमा ती स्मार्टफोनको बिक्री रोक्नुपर्ने माग गरेको थियो भने अहिले अदालतले उसैको पक्षमा फैसला दिएको हो।

प्रकाशित: १४ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार