रुसमा निर्यात नियन्त्रणसम्बन्धी नियमको पूर्ण पालना भइरहेको टीएसएमसीको भनाई

  • Technology Khabar | १४ फाल्गुन २०७८, शनिबार
रुसमा निर्यात नियन्त्रणसम्बन्धी नियमको पूर्ण पालना भइरहेको टीएसएमसीको भनाई

काठमाडौं ।

ताइवानको प्रख्यात चिप निर्माता कम्पनी टीएसएमसीले रुसमा सामान निर्यात गर्ने नयाँ नियमसँगत काम गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ।

कम्पनीले शुक्रबार ताइवान सरकारले रुसमाथि भइरहेको अन्तरराष्ट्रिय प्रतिबन्धमा सहमति जनाउने बताएलगत्तै यस्तो निर्णय गरेको रोयटर्सले उल्लेख गरेको छ।

यूक्रेनमाथि आक्रमण गरेका कारण विश्वका विभिन्न मुलुकले रुसमाथि प्रतिबन्धको घोषणा गरेका छन्।

‘टीएसएमसीले सबै कानून तथा नियमको पालना गरेको छ र यो रुसमा निर्यातसम्बन्धी नयाँ कानूनप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको छ’, कम्पनीले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ।

यसबाहेक कम्पनीले निर्यात नियन्त्रणका सीमाहरु पालना भएका छन् वा छैनन् भन्ने मजबुत परीक्षण तथा समीक्षा प्रक्रियालगायत निर्यातसम्बन्धी थुप्रै नियन्त्रण प्रणालीहरु अपनाएको बताएको छ।

प्रकाशित: १४ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार