मार्चदेखि वर्कस्पेश यूजरका ह्याङ्गआउटलाई गुगल च्याटले विस्थापित गर्ने

  • Technology Khabar | १३ फाल्गुन २०७८, शुक्रबार
मार्चदेखि वर्कस्पेश यूजरका ह्याङ्गआउटलाई गुगल च्याटले विस्थापित गर्ने

काठमाडौं ।

गुगल वर्कस्पेश यूजरका लागि मार्च महिनादेखि ह्याङ्गआउटलाई गुगल च्याटले विस्थापित गर्ने भएको छ।

हालै गुगलले मार्च २२ देखि गुगल च्याटलाई आफ्नो डिफल्ट च्याट एप्लिकेशन बनाउने घोषणा गरेको छ।

यसपछि यूजरहरुले वेबमा रहेको जीमेलमा वा पुराना ह्याङ्गआउट चलाउन खोजे सोझै च्याटमा रिडाइरेक्ट हुने द भर्जले उल्लेख गरेको छ।

ह्याङ्आउटबाट च्याटमा लैजानु गुगलको निरन्तर रुपमा विकास हुँदै गएको मेसेजिङ रणनीति रहेको बताइएको छ। यो शिफ्ट सन् २०२० मा शुरु भएको थियो र यसको प्राथमिकता मेसेजिङ सेवालाई जीमेलसँग एकीकृत गर्नु थियो।

यो कार्यन्वयनमा आएपछि हालका ह्याङ्गआउट कुराकानीको हिस्ट्री केही विशेष परिस्थितिलाई छोडेर च्याटमा लगिने गुगलले बताएको छ।

हालका लागि यो परिवर्तनले वर्कस्पेश, जी सुइट बेसिक तथा बिजनेसका उपभोक्तालाई मात्र प्रभाव पार्ने बताइएको छ।

प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार