स्न्यापड्रागन ८८८ चिपसेटयुक्त ओपो फाइण्ड एक्स५ सार्वजनिक

  • Technology Khabar | १३ फाल्गुन २०७८, शुक्रबार
स्न्यापड्रागन ८८८ चिपसेटयुक्त ओपो फाइण्ड एक्स५ सार्वजनिक

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोले बिहीबार फाइन्ड एक्स५ र एक्स५ प्रो सार्वजनिक गरेको छ।

प्रो बाहेक भ्यानिला मोडलमा पनि ह्यासलब्लाड नेचुरल कलर क्यालिब्रेशन फिचर तथा कस्टम ६एनएम मारिसिलिकन एक्स इमेज प्रोसेसिङ चिप राखिएको छ।

यसमा स्न्यापड्रागन ८८८ चिपसेट रहने र ८ जीबी र्याम तथा २५६ जीबी आन्तरिक स्टोरेज भेरियन्टमा उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसबाहेक यो डिभाइसमा एन्ड्रोइड १२ मा आधारित कलरओएस १२.१ रहेको छ भने भिजुअल तथा प्राइभेसीमा सुधार तथा मल्टि-स्क्रीन कनेक्ट फिचरका माध्यमबाट फोन तथा विन्डोज कम्प्युटरमा स्विच गर्न सकिन्छ।

एक्स५ मा ६.५५ इन्च १०८०पी+ रेजोल्युशन तथा १२० हर्ज रिफ्रेश रेटयुक्त ओएलईडी डिस्प्ले रहनेछ।

प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार