
काठमाडौं ।
अमेरिकी मोबाइल क्यारियर एटी एण्ड टीले फेब्रुअरी २२ मंगलबारदेखि आफ्नो थ्रीजी नेटवर्क बन्द गरेको छ।
एटी एण्ड टी अमेरिकाको वायरलेस क्यारियरहरू मध्ये पहिलो हो जसले पुरानो सञ्जाललाई बिदाइ दिएको छ। कम्पनीले सो स्पेक्ट्रमलाई यसको फाइभजी निर्माणमा पुन: प्रयोग गर्न अघि बढेको बताएको एन्ड्रोइडसेन्ट्रलले रिपोर्ट गरेको छ।
यसका साथै टी मोबाइल अर्को कम्पनी हो जसले डिश वायरलेसको आदेशमा मार्च ३१ सम्मका लागि ३जी नेटवर्क बन्द गर्नबाट ढिलाइ गरेको छ।
त्यसैगरी अन्य अमेरिकी क्यारियर भर्जिनको थ्रीजी नेटवर्क डिसेम्बर ३१ मा बन्द हुनेछ।
एटी एण्ड टीले पहिले नै स्मार्टफोनहरूको सूची जारी गर्यो जुन शटडाउन पछि पनि काम गर्नेछ । जसमध्ये हाल कयौं प्रयोगकर्ताहरुले प्रयोग गरिरहेका फोन तिनीहरू मध्येमा छ।
यद्यपि, यदि प्रयोगकर्ता अझै पुरानो थ्रीजी फोनहरूमा भरपर्नुहुनेहरू मध्ये छन् भने, एटी एण्ड टीले अर्को चरणहरू र फोन अपग्रेड गर्ने बारे पहिले नै सम्पर्क गरिसकेको छ।
कम्पनीले बन्दको केही भित्री र बाहिरी प्रभावहरु तथा यसले प्रभावित उपभोक्ताहरूका लागि के अर्थ राख्छ भनेर व्याख्या गर्दै एक पोस्ट पनि प्रकाशित गरेको छ। केही प्रयोगकर्ताहरूले उनीहरूको पुरानो ३जीमा निर्भर फोनहरू प्रतिस्थापन गर्न निःशुल्क ग्यालेक्सी नोट स्मार्टफोनहरू पनि प्राप्त गरेको बताईएको छ।
यसमा प्रयोगकर्ताहरूले फोनलाई फोरजी वा ५जीमा अपग्रेड गर्न केहि रकम खर्च गर्नु पर्ने अवस्था आएको बताईएको छ।
थ्रीजी नेटवर्क बन्दले एटी एण्ड टीबाट धेरै सुधारिएको ५जी नेटवर्कको सुरुवातको संकेत गर्ने ग्राहकहरुले आशा गरेका छन्, जुन हाल टी मोबाइल भन्दा पछाडि छ र यसको खराब स्पीडको लागि गुगलका पूर्व सीईओले पनि आलोचना गरिसकेका छन्।
प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार