
काठमाडौं ।
क्यान महासंघले बर्षेनी आयोजना गर्ने आएको क्यान इन्फोटेकको २७ औं संस्करण मिति २०७९ साल वैशाख ७ गते बुधवारदेखि १२ गते सोमवारसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।
क्यान महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले आयोजना गरिने क्यान क्यान इन्फोटेकको नयाँ मिति तोकिएको जानकारी दिएको हो।
यसअघि क्यान इन्फोटेकको २७ औं संस्करण २०७८ साल बैसाख २८ गतेदेखि जेठ २ गतेसम्म पहिलो पटक र २०७८ साल माघ १८ गते देखि २३ गतेसम्म दोश्रो पटक हुने गरी संपुर्ण तयारी गरिसकेको जानकारी दिईएकोमा कोभिड-१९ को लहर, काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको संक्रमण, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरुका कारण अर्को निर्णय नभएसम्मको लागि स्थगित गरिएको थियो।
अब भने नयाँ मितिमा २७ औं क्यान इन्फोटेक आयोजना हुने महासंघले जानकारी दिएको हो।
प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार