एनसेलले ल्यायो गज्जबको डेली जीबी प्रयोगकर्ताका लागि क्यास ब्याक अफर

  • Technology Khabar | १० फाल्गुन २०७८, मंगलवार
एनसेलले ल्यायो गज्जबको डेली जीबी प्रयोगकर्ताका लागि क्यास ब्याक अफर

काठमाडौं ।

एनसेलका ग्राहकले अब डाटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेली जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा रु २० देखि रु ६० सम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ।

गजब्बको डेली जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमबार (फागुन ०९) देखि लागु भएको छ। यस आकर्षक योजना अन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीकोे गजब्बको डेली जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् ।

७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डाटा प्याक ग्राहकले कर सहित मात्र रु १६९ मा सुचारु गर्न सक्छन्। यो प्याक सुचारु गर्ने ग्राहकले रु २० क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन् । त्यसैगरि ग्राहकले कर सहित मात्र रु २६९ मा ७ दिनको समयसिमा रहेको दैनिक २ जीबी डाटा प्याक खरिद गर्न सक्छन्। यो प्याक सुचारु गर्ने ग्राहकले रु ३० को क्यास ब्याकबाट फाइदा लिन सक्छन्।

त्यस्तैगरी धेरै लामो समयसिमा रहेको डाटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसिमा रहेको दैनिक १ जीबी डेटा प्याक कर सहित मात्र रु ५९९ मा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले रु ६० बोनस क्यास ब्याक पाउँछन्।

यस गज्जबको डेली जीबी डेटा प्याक अन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डाटा सेवा प्रयोग गर्न सक्छन्। ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन् । यो डाटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिन्छ।

गज्जबको डेली जीबी डाटा प्याकमा क्यास ब्याक योजनाले डाटा बाहेक अन्य अन नेट सेवा प्रयोग गर्नका लागि ग्राहकहरुलाई राम्रो लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ।

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार