देशभरका शत प्रतिशत शिक्षा र स्वास्थ्य संस्थामा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

  • Technology Khabar | ११ फाल्गुन २०७८, बुधबार
देशभरका शत प्रतिशत शिक्षा र स्वास्थ्य संस्थामा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट
सांकेतिक तस्विर

काठमाडौं ।

माघ मसान्तसम्म देशभरका सबै तोकिएका शिक्षा तथा स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ।

नेपाल सरकारको ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत २०७८ माघ मसान्तसम्ममा समग्र स्थानीय निकायको कार्यालयमा ९९.२९ प्रतिशत, वडा कार्यालयको ९८.३१ तथा माध्यमिक विद्यालय र स्वास्थ्य संस्थाको भने शत प्रतिशत काम सम्पन्न भएको छ।

हालै नेपाल दूरसञ्चार प्राधिकरणद्वारा जारी माघ महिनासम्मको प्रगति विवरण अनुसार ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ‌ओटा प्याकेजमध्ये  माघ मसान्तसम्म एउटा प्याकेजहरु मार्फत् ४ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा ५० प्रतिशत काम सकिएको छ।

हालसम्म जडान कार्य सम्पन्न भइ सञ्चालनमा रहेका साइटहरुको विवरण यस प्राधिकरणको वेबसाइटमा रहेको लिंकमा हेर्न सकिन्छ।

सम्पन्न भएका परियोजनाहरु मध्ये हालसम्म ७ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ। त्यस्तै एउटा परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताहरुबाट पहिलो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भएको छ।

३ ओटा परियोजनाहरुको दोस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भएर प्रतिवेदन प्राप्त भइसकेको छ। त्यस्तै तीन ओटा परियोजनाको तेस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको कामका लागि परामर्शदातृलाई कार्यादेश दिइएको प्राधिकरणको प्रगति विवरणमा उल्लेख छ।

२०७८ माघ मसान्तसम्म ब्रोडब्याण्ड परियोजनाहरुको संक्षिप्त भाैतिक प्रगति विवरण निम्म प्रकारको छ:

विवरणस्थानीय निकायको कार्यालयवडा कार्यालयमाध्यमिक विद्यालयस्वास्थ्य संस्थाको संख्याजम्मा
सम्झाैता भएका १८ प्याकेजका साइट संख्या७०२५,९३३५,२३३४,१८०१६,०४८
इन्टरनेट जडान सम्पन्न भएको६९७५,८३३५,२३३४,१८०१५,९४३
जडान गर्न बाँकी संख्या१००१०५
इन्टरनेट जडान सम्पन्न प्रतिशत९९.२९९८.३११००.००१००.००९९.३५

प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...