गलत मनसायले कारबाही गरिएको भन्दै प्राधिकरणका कर्मचारीहरु आन्दोलित, वार्षिकोत्सव बहिष्कारको चेतावनी

  • Technology Khabar | १० फाल्गुन २०७८, मंगलवार
गलत मनसायले कारबाही गरिएको भन्दै प्राधिकरणका कर्मचारीहरु आन्दोलित, वार्षिकोत्सव बहिष्कारको चेतावनी

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुलाई गलत मनसाय र हचुवाको भरमा कारबाही गरिएको र स्पष्टिकरण सोधिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन्। सो विषयमा नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनले समेत आपत्ति जनाएको छ।

सो गलत मनसायको निर्णय फिर्ता नभएको खण्डमा प्राधिकरणको वार्षिकोत्सव नै बहिष्कार गर्नेसम्मको चेतावनी यूनियनले दिएको छ।

कर्मचारीहरुलाई प्राधिकरणको मानव संसाधन विकास तथा आन्तरिक प्रशासन शाखाबाट छड्ने गर्ने नाममा मानसिक तनाव दिईएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्।

मानव संसाधन विकास तथा आन्तरिक प्रशासन शाखाले यहि फागुन ४ गते कार्यालयभित्रै आन्तरिक सिट छड्के तथा स्थलगत निरीक्षण गरेर २० जना कर्मचारीहरुलाई स्पष्टिकरण बुझाउन पत्र काटेको थियो।

कर्मचारीहरुलाई सो शाखाबाट छड्के तथा स्थलगत निरीक्षणको नाममा कार्यालय परिसमै रहेका, भईपरी आउने बिदा लिई तथा जानकारी गराई बसेका तथा आफ्नै कार्यकक्षमा रहेका कर्मचारीहरुलाई समेत बिना कुनै कानूनी आधार गलत मनसायले स्पष्टिकरण सोधिएकोमा युनियनले आपत्ति जनाएको हो।

“युनियनले फागुन १० गते अर्थात आज मंगलबार सो बारेमा गंभिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति नै जारी गरेर १० गते दिनको १ वजेभित्र सो स्पष्ट पार्ने सम्बन्धमा तथा स्पष्टीकरण पेश गर्ने सम्बन्धमा विषयमा गरिएको पत्राचार फिर्ता गर्ने तथा सो निर्णय तथा पत्र निज कर्मचारीहरुको कुनै फाईल रेकर्डमा नरहने गरी फिर्ता लिन चेतावनी दिएको छ,” यूनियनको विज्ञप्तिमा भनिएको छ।

यसका साथै यस्ता किसिमका गैहजिम्मेबार कार्यहरु अब आईन्दा नदोहोरिने प्रतिबद्धता व्यक्त नगरिएको अवस्थामा यूनियनले प्राधिकरणका सम्पूर्ण कामकाज ठप्प पार्ने लगायतका विरोध कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी समेत दिएको छ।

त्यसैगरी यूनियनमार्फत कर्मचारीहरुले सो निर्णय फिर्ता नभएसम्म वार्षिकोत्सवको कार्यक्रमहरु समेत बहिस्कार गर्ने घोषणा गरेका छन्।

“कर्मचारीहरुलाई कार्यालयको कार्यसम्पादनको सिलसिलामा आवश्यक पर्ने स्रोतहरुमा सहजीकरण तथा कर्मचारीहरुको सिप क्षमता अभिवृद्धि गराई उच्च मनोबल बनाउन अभिप्रेरित हुनुपर्ने मानव संशाधन विकास तथा आन्तरिक प्रशासन शाखाको कमजोरी तथा गैहजिम्मेवारिपनका कारण कर्मचारीहरुले मानसिक तनाव भोग्नुपरेको स्थितिलाई मध्यनजर गर्दै सो शाखालाई यथाशिध्र चुत्न बनाउनुपर्नेमा अगाडी बढ्न ध्यानाकर्षण गराउँदछौं,” विज्ञप्तिमा भनिएको छ।

युनियनका अध्यक्ष विजय कुमार राय यादवले प्रशासनले हचुवाको भरमा नियतबस कारबाही गर्न छड्के गरीएको भन्दै आपत्ति जनाए ।

“यो गलत मनसाय र नियतले छड्के गरीएको छ र कानून भन्दा बाहिर गएर गरिएको छ। त्यसको हामीले विरोध गरेका हौं। यसै विषयमा अहिले प्रशासनसँग छलफल गर्दैछौं,” उनले भने, “यसले वार्षिकोत्सवको कार्यक्रममा पनि असर पार्नेछ।”

उनकाअनुसार सो कारबाही फिर्ता नलिएको अवस्थामा प्राधिकरणको आउन लागेको वार्षिकोत्सव कार्यक्रम नै बहिष्कार गरिनेछ।

कारबाहीको विवाद

प्राधिकरणको प्रशासन शाखाले अध्यक्षको निर्देशनअनुसार यहि फागुन ४ गते बिहान ११ बजेदेखि ११ः१५ बजेको बिचमा कार्यरत कर्मचारीहरुको सिट छड्के तथा स्थलगत निरीक्षण गरेको थियो।

सो समयमा कर्मचारीहरु कार्यालयमा उपस्थित रहेका तर आफ्नो सिटमा नरहेका तथा कार्यालयमा अनुपस्थित रहेका भन्दै उनीहरुलाई स्पष्टिकरण सोधिएको थियो।

टेक्नोलोजीखबरले प्राप्त गरेको छड्के तथा स्थलगत निरीक्षणको प्रतिवेदनमा उल्लेखित कर्मचारीहरु केहि कार्यालयभित्रै आफ्ना माथिल्लो अधिकारीहरुसँग छलफलमा रहेका, कतिपय बैठकमा छलफलमा सहभागी भएका, कतिपय कर्मचारी छलफलपछि निस्किँदै गरेका, कतिपय कर्मचारीहरु प्राधिकरणकै कामको सिलसिलामा काजमा रहेका लगायतका विषय उल्लेख गरिएको छ।

तर पनि कर्मचारीहरुलाई स्पष्टिकरण पत्र पठाईएको बताईएको छ।

प्राधिकरणको कामकै सिलसिलामा रहेका र कार्यालयभित्रै रहेका कर्मचारीहरुलाई समेत कारबाही गर्नु उचित नदेखिने यूनियनका अध्यक्ष यादबले बताए।

“कर्मचारीहरु बाहिर गएका पनि थिएनन र कार्यालय भित्रै रहँदा पनि स्पष्टीकरण पेश गर्न भनेर पत्र पठाईएको छ,” उनले स्पष्ट पारे।

सो स्पष्टीकरणको क्रममा कर्मचारीहरुाई प्राधिकरण कर्मचारीहरुको सेवाका शर्त सम्बन्धि विनियमावली २०७६ को विनियम ८७ मा छड्के जाँच सम्बन्धमा रहेको व्यवस्थाको बारेमा समेत ती कर्मचारीहरुलाई जानकारी गराईएको छ।

यस्तो छ विनियमावलीमा प्रावधान-

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार