पोको एक्स४ प्रो फाइभजीमा १०८ मेगापिक्सेल क्यामरा रहने सुनिश्चित

  • Technology Khabar | १० फाल्गुन २०७८, मंगलवार
पोको एक्स४ प्रो फाइभजीमा १०८ मेगापिक्सेल क्यामरा रहने सुनिश्चित

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीको सहायक ब्राण्ड रेडमीको पोको एक्स४ प्रो फाइभजीमा १०८ मेगापिक्सेल क्यामरा रहने पक्का भएङ्को छ।

ब्राण्डले एमडब्लूसी २०२२ मा एउटा इभेन्ट गर्दै यसमा पोको एम४ प्रो तथा पोको एक्स४ प्रो फाइभजी लगायत नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने जीएसएमएरिनाले जनाएको छ।

तर अमेजन फ्रान्सले भने यो डिभाइसको पूरा विवरण तथा केही फोटोहरु पनि सार्वजनिक गरेको छ।

उक्त विवरण अनुसार यो डिभाइस झट्ट हेर्दा रेडमीनोट ११ प्रो फाइभजी जस्तै देखिने भए पनि डिजाइन र पछाडिपट्टि रहेको पोकोको पहेंलो सिग्नेचर कलरले गर्दा केही फरक बनाएको छ।

पोको एक्स४ प्रो फाइभजीमा स्न्यापड्रागन ६९५ चिपसेटका साथमा ६.६७ इन्चको १२० हर्ज रिफ्रेश रेटयुक्त एमोलेड डिस्प्ले रहनेछ।

यस्तै पछाडिपट्टि १०८ मेगापिक्सेलको मुख्यसकित ट्रिपल क्यामरा सेटअप रहेको छ।

यसलाई पावर दिनका लागि ६७ वाट फास्ट चार्जिङ सपोर्टिसहितको ५००० एमएएच ब्याट्री दिइएको छ। यसमा एन्ड्रोइड ११ मा आधारित एमआईयूआई १३ रहन सक्ने अपेक्षा गरिएको छ।

अमेजनले यो डिभाइसलाई २५६ जीबी स्टोरेज भएकोमा सूचीकृत गरेको छ तर अन्य भर्सनहरु पनि आउनसक्ने आकलन गरिएको छ।

उक्त इभेन्ट आगामी फेब्रुअरी २८ कालागि तय भएको जीएसएमएरिनामा उल्लेख छ।

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार