
काठमाडौं ।
साना रेस्टुराँ तथा खाजा घरहरुलाई डिजिटल प्लाटफर्ममा जोडेर उनिहरुको व्यवसाय वृद्धि गर्ने पहल स्वरुप पठाओ नेपाल प्रालिले ‘पठाओ लोकल’ सुरु गरेको छ।
शुन्य दर्ता महसुल राखेको पठाओ लोकलमा साना व्यवसायीहरुले आफ्नो ब्यवसाय आधिकारीक दर्ता गरेको हुनुपर्ने पठाओको प्रवक्ता सुरक्षा हमालले बताइन्।
हाल खाजा डेलिभरी सेवामा २० भन्दा बढी साना व्यवसायी जोडिएको पठाओ लोकलमा २ सय ५० भन्दा बढी व्यवसायीहरुलाई जोड्ने लक्ष्य राखेको पठाओले ब्यवसायीको कमिसनमा समेत छुट दिएको हमालले बताइन्।
पहिले आफ्नो खाजा घर तथा रेस्टुरेन्टबाट मात्र ब्यापार गर्दै आएका व्यवसायीहरु अहिले पठाओ लोकलबाट दैनिक अनलाइन बिक्रि गर्न पाउँदा निकै खुशी भएको हमालको बुझाइ छ।
पठाओ लोकलमा आवद्ध हुन चाहने साना खाजा तथा रेस्टुराँ व्यापारीले ०१-५९७००९९ मा सम्पर्क गरि यस बारे जानकारी लिन र दर्ता गर्न सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार