अनलाइन गेमको लतले भारतको मुम्बईमा १४ वर्षीय बालकले गरे आत्महत्या

  • Technology Khabar | ९ फाल्गुन २०७८, सोमबार
अनलाइन गेमको लतले भारतको मुम्बईमा १४ वर्षीय बालकले गरे आत्महत्या

काठमाडौं ।

अनलाइन गेमको लतका कारण भारतमा एक बालकले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । भारतको मुम्बई शहरका एक १४ वर्षीय बालक आफ्नो कोठामा मृत फेला परेका छन् ।

भारतीय मिडिया रिपोर्टकाअनुसार मुम्बईको भोईवाडा इलाकामा बस्ने ती बालक पढाइमा निकै बुद्धिमान भएको र घटनाका बेला उनको साथबाट कुनै सुसाइड नोट फेला परेको बताइएको छ। प्रहरी अनुसन्धानले ती किशोरलाई अनलाइन गेम खेल्ने लत रहेको खुलेको छ। तर केटामा त्यस्तो लक्षण नदेखिएको उनका अभिभावक बताउँछन् ।

मिडिया रिपोर्टकाअनुसार ती किशोर ७ कक्षामा पढ्दै थिए । घटना भएको दिन उनका आमाबुवा घरबाहिर थिए। किशोरले साँझ ७ बजे बुवालाई फोन गरे तर बुवाले कुनै कारणले फोन गर्न सकेनन्। केही समयपछि बुवाले केटालाई फोन गरे तर उसले फोन उठाएन्।

घर फर्केर बालकको कोठाको ढोका ढकढकाएर हेर्दा कोठाको ढोका भित्रबाट बन्द थियो। बाबुले कतै सिसा तोडेर ढोका खोल्दा भित्र बालक मृत अवस्थामा फेला परेका थिए। प्रहरीकाअनुसार बालकलाई रोयल ब्याटल गेम गरेना फ्री फायर खेल्ने लत लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मिडिया रिपोर्टमा उल्लेख छ। तर, अभिभावकले बालबालिकामा यस्तो लत रहेको कुरा अस्वीकार गरेका छन् ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट बालकलाई अनलाइन गेम खेल्ने बानी थियो। तर उनले आत्महत्याजस्तो कदम किन उठाए भन्ने खुल्न सकेको छैन।

हालसालै मात्र भारतमा अन्य खेलहरूसँगै गारेना फ्री फायरलाई पनि प्रतिबन्ध लगाइएको थियो ।

प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार