इसेवामा बोनस रकम प्राप्त हुन्छ भनी ठगी गर्ने दुई व्यक्ति पक्राउ

  • Technology Khabar | ८ फाल्गुन २०७८, आईतवार
इसेवामा बोनस रकम प्राप्त हुन्छ भनी ठगी गर्ने दुई व्यक्ति पक्राउ

काठमाडौं ।

इसेवामार्फत ठगी गर्ने दुई व्यक्तिहरुलाई नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।

इसेवाले बोनस बाडँदैछ र आफ्नै इसेवामा ५० हजार रकम जम्मा गरेमा २,५०० रुपैयाँ बोनस पाईन्छ भनी ९८२९४०२०४९ नं. बाट इसेवाको कर्मचारी बोलेको भनी ठगी गरि रकम ट्रान्सफर गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले रौतहट जिल्लाको माधबनारायण नपा २ भई हाल जिल्ला पर्सा बीरगंज बस्ने सुभम साह र बारा जिल्ला महागढिमाई नपा १० का हाल जिल्ला पर्सा बिरगंज बस्ने सर्फराज आलमलाई पक्राउ गरेको हो।

उनीहरुले गरेको फोनको बिश्वासमा परी पिडितले रकम जम्मा गरेको र बोनस प्राप्त गर्नको लागी कुराकानि गर्दा बिभिन्न कुराहरु गरी बिश्बासमा पारी पिडित को इसेवा आईडीको ओटीपी नम्बर प्राप्त गरेपश्चात बैंक खातामा समेत पहुँच बनाई सात लाख सत्ताईस हजार तीन सय अठचालिस रुपैयाँ ठगी गरेका थिए।

सो ठगीको उजुरी महाशाखामा प्राप्त भए पश्चात अनुसन्धान गर्दा उक्त ठगी गरेको रकमले टिकटकमा विक्रीको लागी राखिएको आईफोन १३ प्रो म्याक्स १ लाख ९० हजार रुपैयाँमा किन्ने सहमति गरी पिडितको खाताबाट सिधै मोबाईल बिक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाईल बीरगञ्जबाट पाउने गरी पठाउन लगाएका थिए।

प्रहरीकाअनुसार ठगीको रकम बिभिन्न सामान किन्न अन्य व्यक्तिहरुका खातामा समेत पठाइएको पाईएको र सोको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई जिप्रका पर्सासँगको समन्वयमा पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको जनाएको छ।

प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...