तुलसीपुरबाट विद्युतीय राहदानी सेवा सुरु

  • Technology Khabar | ८ फाल्गुन २०७८, आईतवार
तुलसीपुरबाट विद्युतीय राहदानी सेवा सुरु

काठमाडौं ।

दाङ तुलसीपुरबाट पहिलो पटक विद्युतीय राहदानी सेवा सुरु भएको छ। इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर बुढाले कार्यालयबाट विद्युतीय राहदानी सेवा सुरु गरिएको जानकारी दिए।

विगत दुई महिनादेखि एमआरर पी–पासपोर्ट सेवा रोकिएको थियो। सेवा सुरु नहुँदा काठमाडौँ जानुपर्ने बाध्यता थियोध्र कार्यालयले पहिलो दिन दुई जना सेवाग्राहीको विद्युतीय राहदानी फाराम भरेर सेवा आरम्भ गरेको हो।

उनले साबिक राप्ती अञ्चलकै पहिलो पटक दाङको तुलसीपुरबाट यो सेवा सुरु गरिएको बताए।

राहदानी विभागबाट आएका नेटवर्क इन्जिनियर हडसन बसीले प्राविधिकबारे जानकारी दिएपछि सेवा सुरु गरिएको हो।

यसैगरी जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबारबाट ई–पासपोर्ट दिने प्रक्रिया सुरु गरेको छ। सो क्रममा नेपालगञ्जका वरिष्ठ पत्रकार जे पाण्डे र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्ली खड्काले पहिलो दिन ई–पासपोर्टको अनलाइन फाराम भरेर सो प्रक्रियाको शुरुवात गरिएको हो।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरका अनुसार ई–पासपोर्ट फाराम अनलाइनबाट भरर त्यो फाराम लिई जिल्ला प्रशासन कार्यालयमा आउनुपर्ने बताए। गोरखापत्र

प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार