नेपाल टेलिकमको प्रवक्तामा शोभन अधिकारी नियुक्त

  • Technology Khabar | ६ फाल्गुन २०७८, शुक्रबार
नेपाल टेलिकमको प्रवक्तामा शोभन अधिकारी नियुक्त

काठमाडौं ।

नेपाल टेलिकमले शोभन अधिकारीलाई कम्पनीको प्रवक्ता नियुक्त गरेको छ।

कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक शोभन अधिकारीलाई कम्पनीको प्रवक्ता तोकेको टेलिकमले जनाएको छ। यसअघि पनि उनले कम्पनीको सह प्रवक्ताको रुपमा काम गरिसकेका छन्।

प्रवक्ता रहेका राजेश जोशीको बबरमहलस्थित तालिम केन्द्रमा सरुवा भएसँगै अधिकारीलाई नयाँ प्रवक्ता तोकिएको हो।

प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार