आर्थिक समाचार

माइक्रोसफ्टका संस्थापक बिल गेट्स पाकिस्तान भ्रमणमा

माइक्रोसफ्टका संस्थापक बिल गेट्स पाकिस्तान भ्रमणमा
तस्बिरः पाकिस्तानी प्रधानमन्त्री इमरान खानको ट्विटबाट ।
Global IME Bank

माइक्रोसफ्टका संस्थापक तथा बिल एण्ड मेलिन्दा फाउण्डेसनका सह अध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् । उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेको र यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्ने बताइएको छ।

तर उनी पाकिस्तानमा माइक्रोसफ्ट व्यवसाय बिस्तार गर्न भन्दा पनि आफ्नो संस्थाको सामाजिक कार्यका लागि पुगेका हुन्।

उनले बिहीबार नै पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका छन्। त्यस क्रममा उनले पोलियो उन्मुलनका विषयमा कुराकानी गरेको बताइएको छ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनीहरुका बीचमा भएको भेटका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानमा पोलियो उन्मूलनका लागि बिल एण्ड मेलिण्डा फाउण्डेशले गर्दै आएको निरन्तर सहयोगको प्रसंशा गरेको जनाइएको छ।

सो फाउण्डेशनले विगत लामो समयदेखि नै पाकिस्तानमा पोलियो रोगको उन्मूलनका क्षेत्रमा काम गर्दै आएको छ।

Sajilo Visa
easy care