शुन्य रकममा खल्तीबाट मेरो शेयर नवीकरण गर्न सकिने

  • Technology Khabar | ६ फाल्गुन २०७८, शुक्रबार
शुन्य रकममा खल्तीबाट मेरो शेयर नवीकरण गर्न सकिने

काठमाडौं ।

नेपालमा आईपीओमा लगानी गर्ने उत्सुकता दिन प्रतिदिन बढ्दै आइरहेको छ। यसैलाई बुझ्दै खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण अफर ल्याएको छ। यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण गर्न सक्नेछन्।

प्रयोगकर्ताले मेरो शेयर खाता नवीकरणको लागि रु. ५० शुल्क लाग्ने गरेको छ यस अफर अन्तर्गत खल्तीमार्फत भुक्तानी गर्दा भने १००% क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यसमा अधिकतम क्यासब्याक १ वर्षको नविकरण रहेको छ तर प्रयोगकर्ताहरूले आगामी पाँच वर्षसम्मको लागि नै आफ्नो एकाउन्ट नवीकरण गर्न सक्नेछन् प्रत्येक खल्ती आइडीले यो अफर एक पटक मात्र लिन सक्नेछन्। यो अफर चैत २, २०७८ गते सम्म लागु हुनेछ।

यस सेवाको बारेमा थप जानकारी दिँदै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यसले धेरै सम्भावित लगानीकर्तालाई शेयर बजारमा प्रवेश गर्न पक्कै प्रोत्साहन दिने विश्वास लिएको छु।”

प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ६ फाल्गुन २०७८, शुक्रबार