ताजा समाचार

गेटवे पेमेन्ट सर्भिस र भारतीय दुई पेमेन्ट कम्पनीबीच सम्झौता

गेटवे पेमेन्ट सर्भिस र भारतीय दुई पेमेन्ट कम्पनीबीच सम्झौता
Global IME Bank

गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआइ) सञ्चालन गर्न भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ।

सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान र भारतीय रिजर्भ बैंकद्वारा प्रवद्र्धित एनपीसिआई इन्टरननेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा डिजिटल बैंकिङ तथा भुक्तानी सेवामा लामो अनुभव रहेको भारतीय फिनटेक कम्पनी मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरे।

सम्झौतासँगै अब विभिन्न बैंक वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकबीच अन्तरआबद्ध विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालन गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गुगलपे, फोनपे) मार्फत नेपालस्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यबस्था हुने गेटवेले जनाएको छ।

सेवा सुरूवातसँगै भारतीयहरू नेपाल आउँदा क्यूआरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने र नेपालीहरूले भारतमा यात्रा गर्दा भारत क्यूआर स्क्यान गरी भुक्तानी गर्नसक्ने बताइएको छ।

प्रारम्भिक चरणमा आगामी तीन महिनाभित्र उल्लेखित सेवाहरू सुचारू हुने र एनपीसिआईले भारतमा सञ्चालन गरिरहेको सम्पूर्ण सेवाहरू पनि क्रमिकरूपमा सुरूवात गर्दै जाने कम्पनीले जानकारी दिएको छ।

Sajilo Visa
easy care