वैदेशिक रोजगार बोर्ड नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध

  • Technology Khabar | ५ फाल्गुन २०७८, बिहीबार
वैदेशिक रोजगार बोर्ड नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध

काठमाडौं ।

वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट इन्टरफेस (एनपिआइ)मा आवद्ध गराएको छ। बिहीबार दुई कम्पनीबीच यसबारे सम्झौता भएको छ।

सम्झौता पत्रमा वैदेशिक रोजगार बोर्डका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता पश्चात वैदेशिक रोजगार बोर्डले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपिआइसँग जोडी सोझै लाभग्राहीहरुको बैंक खातामा भुक्तानी गर्न सक्नेछ। यसले वैदेशिक रोजगारीमा अपाङ्गता अथवा मृत्यु भएका कामदारहरुको क्षतिपूर्तीको भुक्तानी, भेण्डर भुक्तानी, लगायत सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनेछ।

सम्झौता अघि सम्पूर्ण भुक्तानी कारोबारहरु चेक मार्फत गरिने गरिन्थ्यो। यसले बोर्डको सेवा प्रवाहमा उल्लेख्य सुधार आउनुका साथै पीडित परिवारले सहजरुपमा भुक्तानी प्राप्त गर्न सक्ने एनसीएचएलले जनाएको छ।

प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार