
काठमाडौं ।
यूरोपेली अन्तरिक्ष एजेन्सी ईएसएले मंगल ग्रहको सतहको एउटा आश्चर्गजनक तस्बिर सार्वजनिक गरेको छ।
यसमा हावाहरुले कसरी दृश्यको आकार लिइरहेका छन् भन्ने देखाइएको छ। तस्बिरमा मंगल ग्रहको साउथ हाइल्याण्डस क्षेत्रमा रहेको हुक क्रेटर एरियालाई देखाइएको छ।
यो तस्बिर ईएसए तथा रुसिको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसको प्रोजेक्ट-एक्सोमार्स ट्रेस ग्यास अर्बिटर टीजीओले खिचेको ग्याजेट्स३६० ले उल्लेख गरेको छ।
टीजीओको कलर एन्ड स्टेरियो सर्फेस इमेजिङ सिस्टम क्यासि क्यामरामा प्रयोग हुने फिल्टरका कारण तस्बिरमा कृत्रिम रंग देखिएको छ।
https://www.instagram.com/p/CZ2rmdut4S6/?utm_source=ig_web_copy_link
ईएसएले यो तस्बिर तयार गर्नका लागि केही फिल्टरको प्रयोग गरेकाले धूलोले भरिएका ट्र्याकहरु पनि नीलो फिल्टरका माध्यमबाट देखाइएको छ।
ईएसएले इन्स्टाग्राममा यो तस्बिर शेयर गरेको हो जसमा हुक क्रेटर वरपरको एउटा आकर्षक परिदृश्य देखाइएको छ।
ईएसएका अनुसार मंगल ग्रहमा यस प्रकारको तस्बिर कुनै अस्तव्यस्त इलाकाको जस्तो देखिन्छ। यसमा उक्त क्षेत्रमा बहने हावाको प्याटर्नलाई दर्शाइएको छ। यसै कारण यो इलाका निकै अलग खालको देखिन्छ।
प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार