नुबिया जेड४० प्रो मा म्याग्नेटिक वायरलेस चार्जिङ रहने

  • Technology Khabar | २ फाल्गुन २०७८, सोमबार
नुबिया जेड४० प्रो मा म्याग्नेटिक वायरलेस चार्जिङ रहने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईको सहायक ब्राण्ड नुबियाले आफ्नो जेड४० प्रो स्मार्टफोनमा म्याग्नेटिक वायरलेस चार्जिङ फिचर समावेश गर्ने भएको छ।

हालै बाहिरिएका यसका मुख्य स्पेसिफिकेशन अनुसार स्न्यापड्रागन ८ जेन १ चिपसेट तथा सोनीको ३५ एमएम आईएमएक्स ७८७ कस्टम लेन्स विशेष रहेका जीएसएमएरिनाले उल्लेख गरेको छ।

हालै बाहिर आएका केही टिजरहरुले यो डिभाइसमा वायरलेस म्याग्नेटिक चार्जिङ फिचर रहने पुष्टि गरेका छन्।

यो फिचर हालसम्म व्यावसायिक रुपमा उपलब्ध एन्ड्रोइड फोनमा पहिलोपटक नुबिया जेड४० प्रो मा आउन लागेको पनि बताइएको छ।

रियलमीले आफ्नो म्यागडार्ट फिचर यसअघि प्रस्तुत गरिसकेको भए पनि उक्त फिचर रियलमी फ्ल्याश कन्सेप्ट फोनमा मात्र उपलब्ध रहेको थियो।

नुबिया जेड४० प्रो का लागि भनिएको म्याग्नेटिक चार्जरको फोटो तथा यसको चार्जिङ स्पीडको बारेमा भने केही उल्लेख गरिएको छैन। तर पोस्टरहरुका अनुसार एप्पलको म्यागसेफ चार्जरकै डिजाइनको हुने संकेत गरेका छन्।

प्रकाशित: २ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार