विनबन्डले दक्षिणी ताइवानमा रहेको फ्याक्ट्रीमा २०एनएम चिपलाई बढावा दिने

  • Technology Khabar | २ फाल्गुन २०७८, सोमबार
विनबन्डले दक्षिणी ताइवानमा रहेको फ्याक्ट्रीमा २०एनएम चिपलाई बढावा दिने

काठमाडौं ।

डीआरएएम तथा फ्ल्याश मेमोरी चिप निर्माता विनबन्ड इलेक्ट्रोनिक्सले दक्षिणी ताइवानमा रहेको फ्याक्ट्रीमा २०एनएम चिप उत्पादनलाई बढावा दिने भएको छ।

यसका लागि कम्पनीले आफ्नो दक्षिणी ताइवानको काओसिउङमा रहेको १२ इन्च फ्याबबाट सन् २०२२ को चोथो त्रैमाससम्ममा १० हजार थप वेफर राख्ने योजना बनाएको छ।

यसबाहेक अर्को वर्ष अर्को १० हजार वेफर थप गरिने पनि कम्पनीले जनाएको छ।

विनबन्डको काओसिउङमा रहेको नयाँ फ्याब २०२३ को चोथो त्रैमासभित्र मासिक २० हजार वेफर प्रोसेस गर्न सक्ने क्षमताको हुने बताइएको छ।

कम्पनीले उक्त फ्याबका लागि आफैंले तयार गरेको २०एनएम प्रोसेस बराबर क्षमतायुक्त २५एसएनएम प्रविधि प्रयोग गर्ने डिजिटाइम्सले उल्लेख गरेको छ।

यसका लागि ९२ अर्ब न्यू ताइवान डलर अर्थात् लगभग ३.३ अर्ब डलर लगानी गर्नेछ। यो आँकड कम्पनीको यसअघिको बजेटको तुलनामा बढी हो।

यसबाहेक उसले थप २८.९९ न्यू ताइवान डलर अर्थात् नयाँ चरणको निर्माणका लागि छुट्याएको प्रस्ट पारेको छ।

प्रकाशित: २ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार