
काठमाडौं ।
नेपालमा शेयर बजारमा रुचि र कारोबार बढेसँगै डिम्याट खाता प्रयोग गर्नेहरु समेत बढिरहेका छन्। हाल करिब ३९ लाख लगानीकर्ताले मेरो शेयर प्रयोग गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ।
अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन अनुसार ३८ लाख ९३ हजार लगानीकर्ताले सीडीएससीको मेरो शेयरको खाता प्रयोग गर्ने गरेका छन् ।
हितग्राही (डिम्याट) खाताको संख्या ४७ लाख ८१ हजार पुगेको सो प्रतिवेदनमा उल्लेख छ।
यसका साथै दोस्रो बजारमा शेयरको कारोबार गर्न १३ लाख लगानीकर्ताले युजरनेम लिएको उक्त प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: २९ माघ २०७८, शनिबार