जेट न्युक्लियर फ्युजन रियाक्टरद्वारा कीर्तिमानी उर्जा उत्पादन

  • Technology Khabar | २८ माघ २०७८, शुक्रबार
जेट न्युक्लियर फ्युजन रियाक्टरद्वारा कीर्तिमानी उर्जा उत्पादन

काठमाडौं ।

बेलायतको अक्सफोर्ड नजिक रहेको ज्वाइन्ट यूरोपियन टोरस (जेट)ले फ्युजन रियाक्टरले परमाणुको फ्युजनमार्फत् हालसम्मकै सबैभन्दा उच्चस्तरको दिगो उर्जा उत्पादन गरेको छ।

यो जानकारी हालै नेचर पत्रिकाले बाहिर ल्याएको हो।

गत वर्षको डिसेम्बर २१ मा टोकामाक रियाक्टरले ५ सेकेन्डको फ्युजन पल्समार्फत् ५९ मेगाजुल बराबरको उर्जा उत्पादन गरेको थियो। यो परिमाण उसले सन् १९९७ मा उत्पादन गरेकोभन्दा दोब्बर रहेको इन्ग्याजेटले जनाएको छ।

‘यी अभूतपूर्व नतिजाहरुले हामीलाई ठूला वैज्ञानिक तथा इन्जिनीयरिङ चुनोतीमध्येको एउटाको विजयनजिक पुर्याएको छ’, कल्ह्याम सेन्टर फर फ्युजर इनर्जी (सीसीएफई)का प्रमुख इयान च्यापम्यानले भने।

जेट रियाक्टर ईयूद्वारा आर्थिक सहयोग गरिएको यूरोपियन फ्युजन प्रोग्राम यूरोफ्युजनको फ्ल्यागशिप परीक्षण डिभाइस हो।

यो संस्था वैज्ञानिकहरुलाई उनीहरुको मोडलिङ सही छ भन्ने प्रमाणका लागि सहयोग गर्न डिजाइन गरिएको हो।

यसको मुख्य उद्देश्य फ्रान्समा बनिरहेका ठूला रियाक्टरहरुमार्फत् सन् २०२५ मा हुने तय भएको फ्युजन परीक्षणका लागि तयारी गर्नु रहेको बुझिएको छ।

प्रकाशित: २८ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार