अब मोबाइल वालेटबाटै कर्जा लिन सकिने, अधिकतम ५ लाख रुपैयाँसम्म पाईने

  • Technology Khabar | २८ माघ २०७८, शुक्रबार
अब मोबाइल वालेटबाटै कर्जा लिन सकिने, अधिकतम ५ लाख रुपैयाँसम्म पाईने

काठमाडौं ।

अब बैंक तथा वित्तीय संस्थाहरुले मोबाइल वालेटमार्फत नै कर्जा दिनसक्ने भएका छन् । यसको अर्थ अब वालेट प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाटै सिधै कर्जा लिने सुबिधा पाउनेछन्।

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन जारी गरेसँगै अब वालेटबाटै ५ लाख रुपैयाँसम्म कर्जा लिन सकिने भएको हो ।यस्तो कर्जाको अवधि अधिकतम ३ वर्षसम्म हुनेछ।

कर्जा लिन तलबी खाता रहेका वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेका ग्राहकहरुको हकमा अधिकतम ५ लाख रुपैयाँ र अन्य ग्राहकहरुलाई अधिकतम २ लाख रुपैयाँसम्मको विद्युतीय कर्जा उपलब्ध गराउने सकिने मार्गदर्शनमा उल्लेख छ।

यसरी कर्जा दिँदा वा फिर्ता भुक्तानी गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने गरी कर्जा प्रवाह गर्न सकिने भएकोछ ।

यस्तो कर्जाको आवेदन लिँदा बैंक तथा वित्तीय संस्थाले विद्युतीय कर्जाका लागि छुटै पोर्टलको व्यवस्था गर्नुपर्नेछ भने आफ्नो मोबाइल एपको माध्यमबाट समेत यस्तो कर्जाको आवेदन लिन सक्नेछन् ।

कर्जाका लागि ग्राहकसँग सम्बन्धित सूचना तथा तथ्यांकहरु विभिन्न स्रोतहरुबाट विद्युतीय माध्यममार्फत प्राप्त गर्नुपर्नेछ।

त्यसैगरी कर्जा लिन योग्य भए नभएको समेत विद्युतीय माध्यमबाटै जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।

कर्जा स्वीकृत भएको अवस्थामा कर्जाको रकम ग्राहकको खातामा सिधै पठाएर जानकारी दिनुपर्नेछ।

यसरी कर्जा भुक्तानीको लागि बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो नीति तथा प्रकृयाहरु बनाउन सक्नेछन भने कर्जा नतिर्ने ग्राहकलाई कालोसूचीमा राख्न सक्नेछन् । त्यसैगरी यस सम्बन्धि सम्पूर्ण कागतपत्रहरु विद्युतीय माध्यमबाट सुरक्षित गरिनुपर्ने समेत बैंकको मार्गदर्शनमा उल्लेख छ।

विद्युतीय कर्जाका लागि बैंक तथा वित्तीय संस्थाहरुले भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई प्रतिनिधिको रुपमा समेत तोक्न सक्नेछन् । यसरी भुक्तानी सेवा प्रदायकहरुमार्फत जाने कर्जाको लागि सेवा प्रदायकहरुले स्वचालित प्रणालीको विकास गर्नुपर्नेछ।

त्यसैगरी यस्तो कर्जामा कर्जा सेवा शुल्क बाहेक अतिरिक्त शुल्क लिन नपाईने व्यवस्था समेत गरिएको छ ।

विद्युतीय-माध्यमबाट-प्रवाह-हुने-कर्जा-Digital-Lending-सम्बन्धी-मार्गदर्शन-२०७८

प्रकाशित: २८ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार