
काठमाडौं ।
अनलाईनबाट मोबाइल फोन मगाई रिसिभ गरे पश्चात रकम नदिई अर्कैको घर देखाई फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-६ सरस्वती नगर बस्ने सोलुखुम्बु, खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ घर भएका १९ वर्षीय उर्गेन टासि शेर्पालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका-७ चावहिलबाट शेर्पाले अनलाईन मार्फत २ थान आइफोन किन्ने भनी बौद्ध स्तुपा आसपास मोबाइल रिसिभ गर्छु भनि मोबाइल मगाएको र मोबाइल रिसिभ गरेपछि छेउछाउमा रहेको घर देखाई पैसा लिएर आउँछु भनी मोबाइल लिएर भागेको घटनामा संलग्न उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट नगद १४ हजार रुपैयाँ र ३ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ।
उनी उपर चोरी तथा डाँका सम्वन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ माघ २०७८, शुक्रबार