रोल्पा नगरपालिकामा विद्युतिय भुक्तानी सेवा सुरु

  • Technology Khabar | २७ माघ २०७८, बिहीबार
रोल्पा नगरपालिकामा विद्युतिय भुक्तानी सेवा सुरु

काठमाडौं ।

रोल्पा जिल्लाको रोल्पा नगरपालिकाले विद्युतिय भुक्तानी सेवा सुरु गरेको छ। बिहीबार एक कार्यक्रमकाबीच नगरपालिकाका मेयर पूर्ण केसीले सेवाको सुरुवात गरेका हुन्।

सेवा सुरु भएसँगै रोल्पा नगरपालिकालाई तिर्नुपर्ने करहरु अनलाइनबाटै तिर्न सकिने भएको छ। इपेमेन्ट सेवाको लागि मोबाइल वालेट इसेवासँग नगरपालिकाले सम्झौता गरेको हो।

नगरपालिकाका आईटी अफिसर निशान आचार्यकाअनुसार नगरपालिकामा पुगेर दाखिल गर्नुपर्ने सम्पत्ति कर, बाहल कर र व्यवसाय कर लगायतका कर घरमै बसेर इन्टरनेटबाट तिर्न सकिनेछ।

हाल इसेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएकोमा आवश्यकता अनुसार अन्य मोबाइल वाटेलसँग पनि यसका लागि सहकार्य गरिने नगरपालिकाले जनाएको छ।

सेवा लिन सुरूमा सेवाग्राहीले अनलाइन फाराम भरेर युजरनेम र पासवर्ड लिनु पर्नेछ।

प्रकाशित: २७ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार