
काठमाडौं ।
जब पृथ्वी बाहिर जीवन भए नभएको बारेमा चर्चा हुन्छ, दिमागमा आउने पहिलो कुरा भनेको एलियन हो। त्यहाँ धेरै दावीहरू छन् जसले एलियनहरूको पनि आफ्नै संसार भएको बताउँछ। पृथ्वीमा पनि एलियनहरू आउने दाबी हामीले धेरै रिपोर्टहरूमा पढेका छौं। अब भने मंगल ग्रहको बारेमा पछिल्लो दाबी गरिएको छ।
सामाजिक सञ्जालमा भइरहेका अनुमानअनुसार नासाको मार्स रोभर पर्सिभेरन्सले मंगल ग्रहमा एलियनलाई देखेको छ। अफवाहहरू त्यसबेला सुरु भयो जब एक ब्लग लेखकले मंगल ग्रहमा सुतिरहेको मानिस देखेको उल्लेख गरे। गत वर्ष नासाको रोभरले पठाएको एउटा तस्विरमा एलियनहरू चट्टानको बीच सतहमा रहेको दाबी गरिएको थियो। यसमा धेरैले मंगल ग्रहमा जीवनको संकेत प्रमाणित गर्ने बताएका छन्। यद्यपि सत्य यो हो कि त्यो ‘एलियन’ होइन्।
यूएफओ साइटिङ्ग्स डेली ब्लगमा लेख्दै, स्कट सी वारिङले नासाका चित्रहरू अन्वेषण गर्न मन पराउने गरेको बताए। उनले दावी गरेअनुसार उनीहरूले केहि अद्वितीय फेला पारे, जुन मार्समा जीवन भएको १०० प्रतिशत प्रमाण हो। सो तस्बिरमा नासाको मार्स रोभरलाई एक एलियनले सुतेर हेरिरहेको दाबी छ।
आफ्नो ब्लगमा वारिङले उक्त कथित एलियनको बारेमा पनि बताए । उनले ‘एलियन’ १ फिट अग्लो थियो र सुतेको बताए। उसको माथिल्लो छाती, घाँटी र अनुहार गुलाबी रंगको थियो। उसले कालो रंगको सूट लगाएको थियो। उसको काँधमा खैरो रङको केही चीज रहेको बताए ।अनुमानसहितको यो तस्बिर गीगाप्यानमा अनलाइन देख्न सकिन्छ।
लेखकले त्यो तस्बिरमा एलियनहरूको उपस्थितिको दृढतापूर्वक दाबी गरेका छन्। तर इन्डिपेन्डेन्टको एक रिपोर्टले यो कुनै वैज्ञानिक सफलता होइन भनेर बताउँछ। त्यहाँ एउटा ट्रिक मात्र भएको बताएको छ, जुन मंगल ग्रहमा जीवन भएको दावी गर्न धेरै पटक प्रयोग गरिएको छ।

यो घटनालाई ‘पेरिडोलिया (pareidolia)’ भनिन्छ। यो भनेको मानिसहरुले धेरै पटक बादल वा ताराहरूमा काल्पनिक चीजहरू देखे जस्तै हो। अक्सर जब मानिसहरू यस्तो तस्बिर देख्छन् र केहि समयपछि ती आफैं हराउँछन्। हालै चिनियाँ युटु–२(Chinese Yutu-2) ले चन्द्रमामा ‘रहस्यमय घर’ खोजिरहेको देखिएको थियो। तर वास्तवमा यो एक अनौठो आकारको चट्टान मात्र भएको बताईएको थियो।
प्रकाशित: २७ माघ २०७८, बिहीबार