ताजा समाचार

डिशहोम फाइबरनेटले ल्यायो ६०० एमबीपीएसको ईन्टरनेट

डिशहोम फाइबरनेटले ल्यायो ६०० एमबीपीएसको ईन्टरनेट
Global IME Bank

डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई ईन्टरनेट प्रदान गर्ने भएको छ।

डिशहोमले हाई स्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको हो। नेपालमा नै पहिलो पटक लेटेस्ट वाई फाई टेक्नोलोजीको वाई-फाई ६ (WI FI 6) राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड ईन्टरनेटको मज्जा लिन सक्ने छन् ।

डिशहोमले ल्याएको वाईफाई ६ राउटर अहिले बजारमा पाइने राउटर भन्दा ४ गुणा फास्ट र स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ।

डिशहोमको यो अत्याधुनिक वाई–फाई ६ राउटरमा ईएआई (आर्टिफिसियल इन्टेलिजेन्स), गीगाबिट एक्सेस, डुअल-ब्यान्ड स्मार्ट स्टीयरिङ, सिमलेस रोमिङ, बहु-स्तरीय सुरक्षा, थप कनेक्सन र मेश नेटवर्किङ जस्ता विशेषताहरु रहेको छ।

Sajilo Visa
easy care