चिनियाँ वैज्ञानिकद्वारा सौर्य रेडियो स्पेक्ट्रम अवलोकन प्रणाली विकास

  • Technology Khabar | २७ माघ २०७८, बिहीबार
चिनियाँ वैज्ञानिकद्वारा सौर्य रेडियो स्पेक्ट्रम अवलोकन प्रणाली विकास

काठमाडौं ।

चिनियाँ अनुसन्धानकर्ताहरूले सूर्यको बाहिरी भागको फुटेको क्षेत्रमा रहेको चुम्बकीय अवस्थाका बारेमा अनुपम जानकारी दिन मिलिमिटर तरङ्गगयुक्त सौर्य रेडियो स्पेक्ट्रम अवलोकन प्रणालीको विकास गरेका बुधबार चाइना साइन्स डेलीले उल्लेख गरेको छ।

अधिकांश सौर्य रेडियो सुक्ष्मदर्शक यन्त्रहरू १८ गेगाहर्जभन्दा तल सञ्चालन हुन्छन् र माइक्रोवेभ स्पेक्ट्रमको पूर्ण आवृत्तिबारे थाहा पाउन सक्दैनन् ।

शेन्डोङ विश्वविद्यालयका अनुसन्धाताहरूले ३५–४० गेगाहर्जमा सञ्चालन हुने उच्च आवृत्ति भएको माइक्रोवेभ स्पेक्ट्रम अवलोकन प्रणाली विकास गरेको बताएका हुन् । सौर्य ज्वाला अन्तरिक्ष मौसमको मुख्य विनाशकारी स्रोत हो ।

सौर्य प्रज्वलन र कणहरूको गतिबारे अनुसन्धानका साथै अन्तरिक्षमा हुने विपद्को प्रारम्भिक चेतावनी र पूर्वानुमानको लागि यो प्रणाली लागू गर्न सकिन्छ।

एस्ट्रोफिजिकल जर्नलमा हालै प्रकाशित अनुसन्धान लेखका अनुसार यस प्रणालीले २५ औं सौर्य चक्रमा माइक्रोवेभ विस्फोट अध्ययनमा महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ।

प्रकाशित: २७ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • Technology Khabar
  • २७ माघ २०७८, बिहीबार