फोन पे नेटवर्कमा प्रभु पे आबद्ध

  • Technology Khabar | २६ माघ २०७८, बुधबार
फोन पे नेटवर्कमा प्रभु पे आबद्ध

काठमाडौं ।

पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तर आबद्धता कायम गर्ने क्रम बढिरहेको छ। यसैक्रममा नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्विस लिमिटेड र प्रभु टेक्नोलोजिबाट सञ्चालित प्रभु पेबीच सहकार्य भएको छ।

अन्तरआवद्धता सम्बन्धी बुधवार एक कार्यक्रमकाबीच जानकारी दिइयो । यस सहकार्यसँगै अब प्रभुपे फोनपे नेटवर्कमा आबद्ध भएको छ । अबदेखि प्रभुपेका ग्राहकले फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्य नेपालको डिजिटल कारोबारमा ठुलो उपलब्धी हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, “हामी पहिला देखि नै अन्तरआबद्धताका लागि जोड दिँदै आइरहेका थियौँ,पछिल्ला दिनमा नियामक निकाय राष्ट्र बैंकले पनि एक आपसमा अन्तरआद्धताका लागि निर्देशन गरिरहेको छ। हामी सबै कम्पनीको लडाईँ भनेको नगद कारोबारसँग हो । प्रभुपेसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा थप मद्दत पुग्नेछ । हामी अन्य भुक्तानी सेवा प्रदायकलाई पनि हम्रो नेटवर्कमा जोडिन आह्वान गर्दछौँ।”

यस्तै प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले भने, “फोनपेसँगका यस सहकार्यका लागि सबैलाई धन्यवाद छ। हामी डिजिटल कारोबारका लागि धेरै किसिमका सहकार्य गरेर अगाडी बढ्नुपर्छ।”

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्। दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २६ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार