गल्याङको लबरकोटमा नेपाल टेलिकमको नयाँ टावर सञ्चालन

  • Technology Khabar | २६ माघ २०७८, बुधबार
गल्याङको लबरकोटमा नेपाल टेलिकमको नयाँ टावर सञ्चालन
गल्याङ नगरपालिकामा रहेको ग्रहौंकालिका मन्दिरमा रहेको नेपाल टेलिकमको टावर । फाइल

काठमाडौं ।

नेपाल टेलिकमले गल्याङ नगरपालिकाको लबरकोटमा जिएसएम सेवाको नयाँ बिटिएस टावर सञ्चालनमा ल्याएको छ।

फोरजी तथा टुजी दुबै सेवा सहित सञ्चालन गरिएको उक्त टावरले सो क्षेत्रका हजारौं उपभोक्ताको गुनासो सम्बोधन भएको नेपाल टेलिकम गण्डकी प्रदेश प्रमुख इन्दल यादवले बताए ।

गल्याङ नगरपालिका वडा नं.११ मा सञ्चालित उक्त टावरबाट स्याङ्जाको जिमुवा, लबरकोट, तुलसीभन्ज्याङ, दिमिक लगायत क्षेत्रका साथै पाल्पा जिल्लाको असर्दी, हुँगी, फोक्सिङकोट लगायतका आसपासका क्षेत्रका उपभोक्ताहरु पुर्ण रुपमा लाभान्वित हुने नेपाल टेलिकम गल्याङका प्रमुख राम राज उपाध्यायले बताए।

नेपाल टेलिकमले उक्त सेवा गत मंगलबारदेखि सुचारु गरेको हो ।

प्रकाशित: २६ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार