इलन मस्कले टोंगामा इन्टरनेट पुनर्स्थापना गर्न मद्दत गरिरहेको अधिकारीहरूको भनाई

  • Technology Khabar | २६ माघ २०७८, बुधबार
इलन मस्कले टोंगामा इन्टरनेट पुनर्स्थापना गर्न मद्दत गरिरहेको अधिकारीहरूको भनाई

काठमाडौं ।

ज्वालामुखी विष्फोट र सुनामीले दक्षिण प्रशान्त महासागरको राष्ट्रलाई तीन हप्ता भन्दा बढी समयसम्म इन्टरनेट र सञ्चार काटिदिएपछि विश्वका सबैभन्दा धनी अर्बपति इलन मस्कको कम्पनीले टोंगालाई इन्टरनेटमा पुन: जोडिन मद्दत गरिरहेको छ।

समुद्रमुनि राखिएको केबलको मर्मत पहिले सोचेको भन्दा बढी गाह्रो साबित भइरहेसँगै स्पेसएक्सले यसमा सहयोग गर्ने भएको अधिकारीहरूले बताएको एपीले जनाएको छ।

सुनामीले टोंगालाई बाँकी विश्वसँग जोड्ने एकमात्र फाइबर-अप्टिक केबल काट्यो र अधिकांश मानिसहरू भरपर्दो कनेक्सनहरू बिना नै रहिरहेका छन्।

छिमेकी फिजीका एक शीर्ष अधिकारीले ट्वीट गरेर मस्कको स्पेसएक्स कम्पनीको टोली फिजीमा एउटा स्टेशन स्थापना गरिरहेको र जसले स्पेसएक्स स्याटेलाइटहरू मार्फत टोंगालाई पुन: जडान गर्न मद्दत गर्ने जानकारी दिएका छन्।

स्पेसएक्सले लगभग २ हजार लो अर्बिट स्याटेलाइटहरूको नेटवर्क चलाउँछ जसलाई स्टारलिंक भनिन्छ। यसले संसारभरका दुर्गम ठाउँहरूमा इन्टरनेट सेवा प्रदान गर्दछ।

फिजी महान्यायाधिवक्ता अय्याज सईद खैयुमले स्याटेलाइटको कामको बारेमा ट्वीट गर्दै भने, “ज्वालामुखीको झटकाले “टोंगाको इन्टरनेट कनेक्सनलाई चकनाचूर पारेको छ, जसले प्रकोप मूल्याङ्कनमा कयौं दिनसम्म अनिश्चितता थपेको छ।”

सैयद खैयुमका प्रवक्ताले बुधबार थप विवरणहरू प्रदान गर्नुअघि स्टारलिंक परियोजनाको बारेमा थप जानकारीको लागि पर्खिरहेको बताईन्।

प्रकाशित: २६ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • Technology Khabar
  • २६ माघ २०७८, बुधबार