क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ्ग बारेमा बिस्तृत जानकारी दिएर सचेत बनाउँदै राष्ट्र बैंक

  • Technology Khabar | २५ माघ २०७८, मंगलवार
क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ्ग बारेमा बिस्तृत जानकारी दिएर सचेत बनाउँदै राष्ट्र बैंक

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी/भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ्ग सम्बन्धि जानकारी दिने उदेश्यले विभिन्न सूचनाहरु सार्वजनिक गरेको छ।

नियमनकारी निकायले नेपालमा क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ्ग गैरकानूनी घोषणा गरेसँगै सो बारेमा सर्वसाधारणलाई सचेत बनाउन लागेको हो।

केन्द्रिय बैंकले क्रिप्टोकरेन्सी भनेको के हो यसको कानूनी पक्ष र फाईदा बेफाईदाहरुको बारेमा जानकारी गराएको छ।

जसमा विश्वभरका उदाहरण दिँदै नेपालमा पर्याप्त कानूनी प्रावधान नहुँदा यसलाई डिजिटल सम्पत्तिको रुपमा मान्यता नदिईएको समेत स्पष्ट पारेको छ ।

त्यसैले कुनै प्रयोगकर्ता वा कारोबारसँग सम्बन्धित समस्या वा विवाद भएमा लगानीकर्तासँग खास नियामकीय वा कानुनी उपचार रहँदैन र अन्य व्यक्तिमार्फत लगानी गरेको खण्डमा रकम फिर्ता नभई ठगिने र आफ्नो लगानी डुबेर क्षतिपूर्ति नपाइने अवस्था आउन सक्नेमा सचेत बनाएको छ ।

तसर्थ, बैंक खाता, इलेक्ट्रोनिक कार्ड वा भुक्तानी सेवा प्रदायकको वालेटबाट मोबाइल एप तथा इन्टरनेटमार्फत भुक्तानी गरी त्यस्तो डिजिटल सम्पत्ति खरिद गर्ने कार्यसमेत गैरकानुनी रहेको बताएको छ।

राष्ट्र बैंककाअनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले यस बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेशमा भुक्तानी दिन वा विदेशबाट भुक्तानी प्राप्त गर्न प्रतिबन्ध गरेको सन्दर्भमा अनौपचारिक माध्यमबाट हुण्डीको प्रयोग गरी भुक्तानी पठाई विदेशबाट क्रिप्टोकरेन्सी खरिद गर्दा यस ऐन र माथि उल्लिखत विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ दुवै उल्लङ्घन हुने देखिन्छ।

यसका साथै बैंकले नेटवर्क मार्केटिङ्गको विभिन्न पक्षहरु बारेमा समेत जानकारी दिएको छ।

हाइपर फण्ड जस्ता क्रिप्टोकरेन्सीसँग सम्बन्धित कोष पनि नेटवर्क मार्केटिङ्ग मोडेलमा सञ्चालित रहेको जानकारी आएकोले यसमा लगानी गर्दा विदेशी मुद्रा अपचलन हुने र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ तथा वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने ऐन, २०७४ समेत आकर्षित हुने देखिने राष्ट्र बैंकले उल्लेख गरेको छ।

राष्ट्र बैंकले भनेको छ, “पछिल्लो दशकमा विश्वव्यापी रूपमा क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार बढ्दै गरेको सन्दर्भमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरू पनि यसको कारोबार वा यससँग सम्बन्धित लगानीमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको छ। यसैगरी, विदेशबाट सञ्चालित पिरामिडमा आधारितनेटवर्क मार्केटिङ्ग व्यवसाय पनि नेपालमा सक्रिय रहेको विषय पनि सञ्चार माध्यममा आएको छ।”

Crypto_for_Financial_Literacy_Final

प्रकाशित: २५ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार