एनभिडियाको अधिग्रहण टुक्रिएपछि चिप निर्माता ‘एआरएम’ आईपीओ जारी गर्ने योजनामा

  • Technology Khabar | २५ माघ २०७८, मंगलवार
एनभिडियाको अधिग्रहण टुक्रिएपछि चिप निर्माता ‘एआरएम’ आईपीओ जारी गर्ने योजनामा

काठमाडौं ।

बेलायतमा आधारित चिप डिजाइनर आर्म(एआरएम) प्राप्त गर्न एनभिडियाको तर्फबाट आफ्नो सम्झौता समाप्त भएको एनभिडिया र सफ्टबैंकले घोषणा गरेका छन्। आर्मले अब आईपीओको तयारी थाल्ने छ। कम्पनीहरुले खरिद बिक्री रोक्न नियामकहरुको अवरोधहरूको प्रतिक्रियामा सो घोषणा गरेका हुन्।

यो सम्झौता सुरुमा सेप्टेम्बर २०२० मा ४० अर्ब डलरमा घोषणा गरिएको थियो र पूरा हुन १८ महिना लाग्ने अपेक्षा गरिएको थियो। धेरै देशहरूमा नियामकहरूले प्रतिस्पर्धामा सम्भावित नकारात्मक प्रभावमाथि प्रश्न उठाएका छन्, जसमा अमेरिका एफटीसीको विरोध र ईयूमा गहिरो अनुसन्धान समावेश छ । यसका साथै बेलायतले पनि यस किनबेचको बारेमा राष्ट्रिय सुरक्षा समीक्षा सुरु गरेको छ।

सम्झौताका सर्तहरू अनुरूप, सफ्टबैंकले एनभिडियाद्वारा यसअघि नै लिएको १.२५ अर्ब डलर कायम गर्नेछ, जुन चौथो त्रैमासिकमा नाफाको रूपमा दर्ता हुनेछ। अर्को तर्फ एनभिडियाले आफ्नो २० वर्षको आर्मको लाइसेन्स कायम राख्नेछ।

आर्मले रेने हासलाई सीईओ र सञ्चालक समितिको सदस्यमा तत्काल लागू हुने गरेर नियुक्त गरेको घोषणा गरेको छ। उनी सिमोन सेगर्सको उत्तराधिकारी हुन्, जसले कम्पनीमा ३० वर्षपछि सीईओ र निर्देशक बोर्डको सदस्यको पद छोड्दैछन्। उनले आर्मको लागि सल्लाहकार भूमिकामा नेतृत्व हस्तान्तरणलाई सहयोग गर्नेछन्।

कम्पनीले अब वृद्धिको नयाँ चरणलाई समर्थन गर्न ३१ मार्च २०२३ मा अन्त्य हुने आर्थिक वर्षको लागि योजना बनाई सार्वजनिक शेयर निष्काशनको लागि तयारी सुरु गर्नेछ।

प्रकाशित: २५ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार