‘बोर्ड एप’ एनएफटी किन्न करोडौं खर्च गर्दै गायक जस्टिन बिबर

  • Technology Khabar | २५ माघ २०७८, मंगलवार
‘बोर्ड एप’ एनएफटी किन्न करोडौं खर्च गर्दै गायक जस्टिन बिबर

काठमाडौं ।

अमेरिकी गायक जस्टिन बिबरले बोर्ड एप याच क्लब, बीएवाईसीबाट  ४ लाख ७० हजार डलरमा नयाँ एनएफटी किनेका छन्। गत दुई हप्तामा २७ वर्षीय पप स्टारद्वारा यो दोस्रो बोर्ड एप एनएफटी खरिद हो, तर बिक्रीको आधिकारिक पुष्टि हुन बाँकी छ।

बीएवाईसी एनएफटी परियोजना कार्टुनाइज्ड एप (बाँदर) को १० हजार एल्गोरिदमिक रूपमा उत्पन्न तस्बिरहरूको संग्रह हो।

हाईस्नोबाइटीको एक रिपोर्टअनुसार, जस्टिन बिबरले खरिद गरेको सो एनएफटी ओपनसी एनएफटी मार्केटप्लेसमा बोरड एप #३८५० को रूपमा सूचीबद्ध छ।

यस कलाकृतिको पृष्ठभूमि बैजनी छ, जसमा बाँदरले नीलो भन्डना लगाएको छ। साथै, उसले नीलो शर्ट लगाएको छ, जसको माथि हरियो ज्याकेट छ। यस बाँदरको बर्फिलो र चम्किलो दाँतले यो एनएफटी आर्टपिसलाई विशेष बनाउँछ।

मल्टि ग्रामी अवार्ड विजेता जस्टिन बिबरले यस एनएफटीको लागि १६६ इथेरियम तिरेका थिए। पछिल्ला दुई हप्तामा, बीबरले बोर्ड एप एनएफटीमा लगभग २० लाख डलर अर्थात करिब २४ करोड रुपैयाँ खर्च गरेका छन्।

गत हप्ता, बीबरले बोर्ड एप #३००१ किन्न १३ लाख डलर खर्च गरेपछि सामाजिक संजालहरुमा मिम्सको हिस्सा बनेका थिए। वास्तवमा सो एनएफटीको भुक्तानीको रूपमा ५०० ईथेरियम दिइएको थियो।आर्टपीसले “नयाँ पंक ब्लू” पृष्ठभूमिमा गुलाबी साधारण कालो टी-शर्ट लगाएको बाँदरलाई चित्रण गर्छ।

गायक जस्टिन बिबर मात्र होइनन् जसले बोरड एप एनएफटीमा धेरै पैसा लगानी गरेका छन्। पेरिस हिल्टन, जिमी फलोन र ग्वेनेथ पाल्ट्रो जस्ता धेरै सेलिब्रेटीहरूले बीएवाईसी एनएफटीहरू किनेका छन्।

प्रकाशित: २५ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार