
काठमाडौं ।
भ्यालेन्टाईन्सको अवसरमा स्मार्टडोले ‘डोको भरि माया’ अफर ल्याएको छ। यस अवसरमा ग्राहकहरुले आफ्ना प्रियजनहरुका लागि प्रेमपुर्वक उपहारहरु जस्तै परफ्युम, स्मार्टवाच, कपल टिसर्ट तथा अन्य आकर्षक सामानहरुमा ७२ प्रतिशतसम्मको छुट पाउन सक्नेछन्।
यस अवसरको अवधिमा स्मार्टडोकोसँग किनमेल गर्नुहुने ३ भाग्यशाली ग्राहकहरुले रु.२५०० को स्मार्टडोको गिफ्ट कार्ड जित्ने अवसर पाउन सक्नेछन् । साथै यस अवसरमा ‘डोको भरि माया ट्याग एण्ड विन गिभअवे’ पनि समावेश गरिएको छ जहाँ ४ भाग्यशाली कमेन्टरहरुले स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउन सक्ने कम्पनीले जनाएको छ।
उपहारहरु निम्न अनुसार रहेका छन्:
१. स्मार्ट हृस्ट ब्यान्ड, टोबलेरोन डार्क चकलेट र गुलावको फूल
२. डट एण्ड कि कस्मेटिक्स्, टोबलेरोन डार्क चकलेट र गुलावको फूल
३. हर्नबुल वालेट र बेल्ट उपहार सेट, टोबलेरोन डार्क चकलेट र गुलावको फूल
४. कर्भ डिजाइन स्मार्टवाच, टोबलेरोन डार्क चकलेट र गुलावको फूल
स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्टहरु छन्। ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड–१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन्। साथै, ग्राहकले विहान ९ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन् ।
स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र निःशुल्क डेलिभर र रिङरोडभन्दा बाहिर तथा नेपालका सम्पूर्ण ७७ जिल्लामा निकै कम शुल्कमा सामान डेलिभरीको सुविधा पाउन सक्नेछन् ।
यो अफर माघ २६ देखि फाल्गुन १, २०७८, सम्म मान्य हुने कम्पनीले जनाएको छ।
प्रकाशित: २५ माघ २०७८, मंगलवार