
काठमाडौं ।
मूल्य तुलना गर्ने स्विडेनी साइट प्राइसरनरले अल्फाबेटको स्वामित्वमा रहेको गुगलमाथि मुद्दा दायर गरेको छ। २.१ अर्ब यूरो क्षतिपूर्ति मागिएको यो मुद्दामा प्राइसरनरले गुगलले सर्च नतिजामा हेरफेर गरेको आरोप लगाएको छ। गुगलले खोज परिणामहरूमा यसको किनमेल तुलनालाई बढावा दिन्छ।
उल्लेखनीय कुरा के छ भने, हालैका वर्षहरूमा युरोपले बिग टेकको व्यापारिक अभ्यासहरूलाई क्र्याकडाउन गरिरहेको छ। एकै समयमा, युरोपेली संघ कानून कडा गर्न अघि बढिरहेको छ। अमेरिकी टेक दिग्गजहरूले धेरै युरोपेली देशहरूमा जरिवाना र कानूनी चुनौतीहरूको सामना गरिरहेका छन्।
समाचार एजेन्सी एसोसिएट्स प्रेसकाअनुसार टेक स्टार्टअप प्राइसरनरले भ्वाइलेसन अझै जारी रहेकोले मुद्दाको अन्तिम क्षतिको मात्रा धेरै हुने अनुमान गरेको छ।
प्राइसरनरका प्रमुख कार्यकारी मिकेल लिन्डाहलले भने, “यो मुद्दा उपभोक्ताहरूका लागि पनि लडाइँ हो, जसले विगत १४ वर्षदेखि र आजपनि गुगलले प्रतिस्पर्धा कानून उल्लङ्घन गरिरहेकोबाट पीडित छन्।”
युरोपियन युनियन जनरल कोर्टले गुगलले किनमेल सेवाहरूको खोजी परिणामहरू हेरफेर गरेर ईयू एन्टिट्रस्ट कानूनहरू उल्लङ्घन गरेको फैसला गरेपछि कम्पनीले स्टकहोमको प्याटेन्ट र मार्केट कोर्टमा मुद्दा दायर गर्यो।
नोभेम्बरमा, युरोपेली संघको अदालतले २.४ अर्ब यूरो गुगललाई २०१७ मा युरोपेली आयोगले लगाएको जरिवानालाई समर्थन गर्यो। यस मुद्दामा अदालतले गुगलको आफ्नै तुलना सेवाबाट प्राप्त परिणामहरू “अझ आकर्षक रूपमा प्रदर्शित” भएको बताएको छ।
प्राइसरनरले सन् २००८ देखि बेलायतमा र सन् २०१३ देखि स्विडेन र डेनमार्कमा गुमाएको नाफाको क्षतिपूर्ति माग गरेको बताएको छ।
प्राइसरनरले गुगलको युरोपेली आर्थिक क्षेत्रमा (ईयू प्लस आइसल्याण्ड, लिकटेनस्टेन र नर्वे) मा ‘एकाधिकार-जस्तो स्थिति’ रहेको बताएको छ। यो मूल्य तुलना साइट स्वीडेनमा आधारित छ तर डेनमार्क, नर्वे र युकेमा पनि सञ्चालन हुन्छ। यसले थप देशहरूमा विस्तार गर्ने योजना बनाएको छ।
स्वीडिश फिनटेक क्लार्नाले नोभेम्बरमा प्राइसरनर किनेको थियो। मिडिया रिपोर्टहरूले यो सम्झौता १ अर्ब डलर भन्दा बढी भएको बताएका थिए।
प्रकाशित: २५ माघ २०७८, मंगलवार