
काठमाडौं ।
उत्तरी हुम्लाका २३ वटा बस्ती सञ्चार सम्पर्कविहीन भएका छन्। नेपाल टेलिकमका टावरमा हिमपातले क्षति पुर्याएपछि ती गाउँमा सञ्चार विच्छेद भएका हो।
टावरमा खराबी आएपछि उत्तरी हुम्लाका सिमकोट र नाम्खा गाउँपालिकाका ती बस्तीका मानिस सञ्चार सम्पर्कबाट विच्छेद भएका हुन।
नाम्खा गाउँपालिका–१ का नारायण लामाले उत्तरी हुम्ला सञ्चार सम्पर्क विच्छेद भएको बताए। बाक्लो हिमपातपछि टेलिकमको टावरमा समस्या आएका कारण सञ्चार सम्पर्क टुटेको उनले जानकारी दिए। गोरखापत्र
प्रकाशित: २५ माघ २०७८, मंगलवार