टेस्लासँग २ अर्ब डलर बराबरको बिटक्वाइन रहेको खुलासा

  • Technology Khabar | २५ माघ २०७८, मंगलवार
टेस्लासँग २ अर्ब डलर बराबरको बिटक्वाइन रहेको खुलासा

काठमाडौं ।

अर्बपति इलन मस्कको टेस्ला इंकले आफ्नो बिटक्वाइन होल्डिङको बजार मूल्य गत डिसेम्बर ३१ सम्म १ अर्ब ९९ करोड डलर बराबर रहेको बताएको छ।

आफ्नो वार्षिक आम्दानी विवरण यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिशनलाई बुझाउने क्रममा गत वर्ष डेढ अर्ब डलर लगानी गरेको कम्पनीले गत वर्ष नै बिटक्वाइनको मूल्य घटेका कारण १० करोड १० लाख डलर घाटा सहेको समेत उल्लेख गरेको थियो।

बिटक्वाइनको मूल्य घटेका कारण कम्पनीले कीर्तिमानी घाटा ब्यहोर्नुपरेको रोयटर्सले उल्लेख गरेको छ।

टेस्लाले केही समय निश्चित उत्पादनमा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी लिने व्यवस्था पनि गरेको थियो। तर कम्पनीका सीईओ इलन मस्कले केही समयपछि नै बिटक्वाइन माइनिङले वातावरणीय क्षति पुर्याउने भन्दै डिजिटल मुद्रामार्फत् भुक्तानी लिन बन्द गरेका थिए।

टेस्लाले गत मार्चमा आफ्नो बिटक्वाइन होल्डिङको केही अंश बेचेर १२ करोड ८० लाख डलर आम्दानी गरेको बताएको छ।

प्रकाशित: २५ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches ‘Shake and Win’, surprise rewards to customers

  • Technology Khabar
  • २५ माघ २०७८, मंगलवार