अमेजन र नाइकी एक्सरसाइज ब्राण्ड पेलोटनको स्वामित्व ग्रहण गर्न इच्छुक

  • Technology Khabar | २४ माघ २०७८, सोमबार
अमेजन र नाइकी एक्सरसाइज ब्राण्ड पेलोटनको स्वामित्व ग्रहण गर्न इच्छुक

काठमाडौं ।

अमेजन र नाइकी एक्सरसाइज ब्राण्ड पेलोटनको स्वामित्व ग्रहण गर्न इच्छुक देखिएका छन्।

हालै बाहिरिएका रिपोर्टहरु अनुसार यी दुई कम्पनी कोरोना महामारीका बेला पेलोटनको एक्सरसाइज बाइक तथा ट्रेडमिलहरुको आकाशिँदो बिक्री देखेर यसप्रति आकर्षित भएको बुझिएको छ।

लकडाउन खुलिसकेपछि पनि मानिसहरु जिमखानामा नफर्किइ घरमै व्यायाम गर्न थालेकाले पेलोटनको पुँजी ५० अर्ब डलरसम्म पुगेको थियो।

अमेजनले उक्त अमेरिकी व्यायाम उपकरण निर्माताको स्वामित्व ग्रहण गर्न लागेको बारेमा केही टिप्पणी नगरेको बीबीसीले जनाएको छ।

गत शुक्रबार वाल स्ट्रीट जर्नलमा यसबारेमा समाचार छापिएपछि पेलोटनको शेयरको मूल्य कारोबारको १ घण्टापछि नै ३० प्रतिशतले बढेको थियो।

यसबारेमा नाइकी वा पेलोटन कसैले पनि तत्काल प्रतिक्रिया नदिएको बीबीसीमा उल्लेख छ।

प्रकाशित: २४ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार